गजल


गीता थापा (दोषी)

सत्ता जित्न पाए बिकास गर्छु भन्थ्यौ पहिले तिमी
देश यो हालतमा पुर्‍याइ चुप'चाप अहिले तिमी

सुस्त छन् चल्ने पाइँला छेपारोले झैं रंग फेरि
ठूला-ठूला भाषण ठोक्ने गर्छौ,अझैँ जहिले तिमी

हाम्रा कुरा सुने-सुने जस्तो गरि उडाइ दिन्छौ
दोष जति अरु लाई राम्रो गरें भन्छौ मैले तिमी

भन-कति जोड्ने! चिसो चूलो मागी पराइ सँग ?
सुरक्षा र शान्तिको स्थापना गर्छौ कहिले तिमी ?

3 comments:

Unknown said...

thank you your comments i like it really this people nothing to do any thing in this 3year only gating money

Unknown said...

thank you your comments i like it really this people nothing to do any thing in this 3year only gating money

Unknown said...

कविता मन पऱ्यो साथै कुरा पनि जुन तपाईँले लेखी सक्नु भएकोछ। नेता हुने रहर उसैलाई हुन्छ जसले पहिल्यै नीति तय गरेको हुन्छ। दोष उनीहरू गर्छन् तर तपाईँ किन 'दोषी'?