असमानताको गहिरो


गीता थापा (दोषी)

असमानताको गहिरो पर्खाललाई नढाली
कसरी उच्च बनाउँनु गर्वले शिर,नेपाली?

आज भैसक्यो हिजो जस्तो छ जमाना
सबैमा खुशी छाओस गरौं न: कमाना

यहाँ सधैं धनीहरुलाई सुखकै अनुभूती
गरीबहरुका जीवनमा अनेकौ आपती

आफ्नै हो पहाडनि तराईनि आफ्नै हो
सबै हामी आफन्त को यहाँ पराइ हो?

गर्नसकें सबैका हितमा रिस-राग फाली
र पो गर्व गर्न पाईन्छ सधैं भनेर नेपाली

असमानताको गहिरो पर्खाललाई नढाली
कसरी उच्च बनाउँनु गर्वले शिर,नेपाली?

No comments: