चाहना


छबिरमण सिलवाल

सूर्योदय देखि
सूर्यास्त सम्म
मेला पातमा
ब्यस्तछन्
मात्र,
एक पेटकालागी
दुःख, दुःखसम्झदैनन्
आफ्नो कर्म सम्झन्छन्
निश्चल स्वभाव
मन्द मुस्कान
पसिनाको खोला
हातका ठेला
यी दैनिकिभित्र रुमल्लिन्छन्
प्रजातन्त्रको कुनै असर छैन्
न लोकतन्त्रको
न गणतन्त्रको
आफ्नै दुःखतन्त्रमा
रमाउछन् र
भन्छन्,
खैं !
भन्नेहरु के ? के ?
भन्छन् रे ?
सुन्ने फूर्सद कहाँ छ र ?
मात्र भन्छन्
टारीखेतमा आज भल बगेको छ,
धान नरोपे खान पाइन्न
भोली कसले ख्वाउँछ ?
आफ्नै दैनिकीमा रमाउँदा
खुसी देखिएका हातहरु
अब नभाच्चियोस भन्ने चाहन्छन् ।
गरा र पाटाहरु
नबाझिएको हेर्न
चाहन्छन्
भाई बन्धुत्वको
मित्रता
चुलिएको हेर्न चाहन्छन्
बस्,
यहि खुसी हेर्दै
मर्न चाहन्छन्
ति कर्मठ पाखुराहरु
सत्कर्ममा मात्र लगाउन चाहन्छन्
-

२०६४-७-२८

2 comments: