वषन्त मोहन अधिकारी
मरुभुमी बाट
यो दृष्य
उस्तै
स्वच्छ निलो आकस
सोच्छु आफैलाई
यो मरुभुमी कि नेपाल ?
उहि आफ्नो लाग्छ
तर्सथ हेरीरहेछु,
आँखाको सिमा टुङ्गीन्छ
उँ अन्त्यहिन
पहाडी डाँडाबाट हिजो हेरे जस्तै
अन्नत सम्म फैलिएको छ ।
प्रकृतिको सालिन बिर्दोह
अचानक
कालो बादलको आगमन
उहि बर्षा
अञ्जुलि भरी हेरे
उस्तै रड्गहिन
मेरो नेपालको पानि पो रहेछ ।
म पुलड्कीत हुदै
फेरी धर्तिमा हेरे
रुख, पात, माटो उस्तै उस्तै
रुखमा ढुकुर, सुँगा, भगेरा
जस्ताको तस्तै
आँखा चिम्लेर
फेरी हेर्छु
भ्रम हो कि भन्दै
तर होइन रहेछ ।
के म नेपालमै छु त ?
के यो नेपाल हो त ?
सोध्दै सोध्दै
कृतिम पौरखका
सयपत्रि खेलाए
मखमली चलाए
उस्तै छ
मेरो देशको
प्राकृतिक जस्तैं
नाकले सुघे
छ सुगन्ध उस्तै
हर्षे सिमा नाघ्यो
मेरो देश धनि रहेछ
कमी रहेनछ ।
तर बिडम्बना,
जव नजर बाटोमा पुग्यो ।
कन्टेनरको भाँडोमा पुग्यो ।
घर र महलका दिवारमा पुग्यो ।
त्यहाँ त न खाल्टा खुल्टि थिए ।
न कुनै फोहर बाहिर थिए ।
न त भितामा जँथाभावि लेखीएको थियो ।
अहो, यहाँ पनि टुँडीखेल
म जस्तै मान्छेहरु देखे
तर आमसभा थिएन ।
चर्का भाषण र नारा आएन ।
आयो त संगीतका धुन
मिठास सुगन्ध
खेल्ने खेल
बँच्चा र बुढा सबै
हाँसेका थिए र खेलेका थिए ।
मात्र नेपालमा झै,
रोएका र चिच्चाएका थिएनन् ।
कौतुहलको प्रकोप
मेरो यात्रा
रोमाञ्चित सगै दुखीत
बाटो भरी गाडी नै गाडी
रोकिने जाने
रोकिने जाने
तर ट्राफिक प्रहरी बिहीन
सिठ्ठी फुक्नै नपर्ने
खल्ती रित्याउँनु नपर्ने
कस्तो अच्चम
ध्वनि
प्रदुषण रहित पो रहेछ ।
बँसाइको क्रम
दिन, महिना, बर्षौ बित्यो ।
कतै बन्दुक पड्कीएनन्
बाँरुद छरीएनन्
चक्का जाम र बन्दहडताल त के
गरीव र दुखी
हैजा र भोकमरी नै भेटीएनन् ।
को राजा,को नेता, को प्रजा
फरक देखीएनन् ।
अहो, हाम्रो समानता
समाजवाद,प्रजातन्त्र र गणतन्त्र
ति खारा, बारा र नारा
रोईरहेछन् सारा ।
यो आकस अनि जमिन
अघि सम्म उस्तै देख्ने
मेरो आँखा
अन्ततः
दिग्भ्रमीत पो रहेछ ।
No comments:
Post a Comment