Friday, June 27, 2008

गजल


भुपेन्द्र महत

सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखा

लालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा

सदभाबको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा

बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा

चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै बैभब नहुनेलाई को भन्छ ला खा

0 comments: