गीत


केदार श्रेष्ठ"गगन"

अघाउदिन खै किन उसलाई जति हेरे पनि
नसकिने रै’छ माया जसलाई जति गरे पनि ।

यौवनमा फुल्दो रै’छ माया फूल जस्तै गरी
बसेपछि माया आउदो रै’छ झ-झल्कोमा घरीघरी
सागरको पानी माया नसकिने घैला जति भरे पनि
अघाउदिन खै किन उसलाई जति हेरे पनि ।

हेरी रहूँ लाग्छ सधैँ लाग्छ मन नजिक हुन
सँगसँगै जाऊँ लाग्छ आकाशको तारा छुन
अब सँगै मर्छौ वाँच्छौ संसार सारा जले पनि
अघाउदिन खै किन उसलाई जति हेरे पनि ।

भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.इ.च्याप्टर

No comments: