कृष्णकला वनेम
जति सपना सजाउछु बालुवाको महल बन्छ ,
अग्ल्याउछु जती माथी छाल सङ्गै ढल्छ
मुटु भरी चोट सही यहा मैले बाच्नु पर्ने
बिरहले जले पनि मैले यहा हास्नु पर्ने
खुशीहरु जहा रोप्छु टुसाएर ओईली दिन्छ
चर्किएर छाती मेरो आखा भरी आशु हुन्छ
जति सपना ………………………………
एउटा जङ्घार तर्छु अर्को जङ्घार आउछ यहा
बाध्याताको साङ्लो सङ्ग जाउ अब मैले कहा
आशाहरु मनमा दुख्छन निरासाले छोपी दिदा
माझ धारमा पुर्याएर एक्लै मलाई छोडी दिदा
जती सपना …………………………………
9/6/2011,Tuesday………….
No comments:
Post a Comment