Sunday, April 19, 2009

गजल


भूपेन्द्र महत

आफ्नै हात नि काट्छ छुराले बलियो दापमा नपरे
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे

स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे

जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे

साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे

गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे

0 comments: