स्यानु पाईजा
पत्र-पत्रिका यसरी लेख्थे
समचारले यसरी नै भन्थे
सुनको अन्डाबारीलाई बर्सेनी फ्लुले तर्साउछ
कुखराबारीमा आर्थिक मन्दी पस्छ बर्सेनी
अब्यवस्थित सँगुरखेतीमा नमिठो दुर्गन्ध उब्जिन्छ।
यो काग सबैको कान बोकेर उड्छ।
गाउँ कावा (स्याल) कराउने गरि रित्तिन्छ
यो शहरमा फेरी एउटा म:म: पसल थपिन्छ
यो शहरमा फेरी अर्को भट्टी पसल थपिन्छ
यो शहरमा फेरी एउटा एनजिओ पसल थपिन्छ
यो शहरमा फेरी अर्को मेनपावर पसल थपिन्छ
यो शहरमा फेरी एउटा डान्सवार खोलिन्छ
यो देशमा अर्को रक्सी कारखाना बन्छ
यो देशमा अर्को चुरोट कारखाना बन्छ
अखबर थपिन्छ, एफएम थपिन्छ
प्राईभेट स्कुल थपिन्छ, क्लिनिक थपिन्छ
आफ्नै कान नछाम्नेहरुबाट सन्तान थपिन्छन
सन्तान जन्मदै कुपोषण बोकेर जन्मन्छन
देश बहिरा ज्ञाता उत्पादन केन्द्र बन्छ
कलेजहरु कार्यकर्ता उत्पादन केन्द्र
हरेक घरमा बिदेश सप्लाई गर्ने कुल्ली उत्पादन हुन्छ
टिभिहरु नेता बोलेको सुन्न कर गर्छन
नेताहरु सबैलाई आफ्नो कार्यकर्ता गराउन कर गर्छन
साउनमा आँखा फुटेको गोरू सधै हरियो देख्छ
सबैको आँखा साउनमा फुटेको छ
एउटा कैदी जेलमा पुगेर कवि बन्यो
एउटा नेपाली बिदेश पुगेर देश प्रेमी बन्यो
हिजो र आज अलग अलग कृति बिमोचन भयो
जेल पुगेको कवि को, बिदेश पसेको कबिको
दुबैको कवितामा देश रोएको छ
दुबैको कवितामा देश बाँधिएको छ
रित्तो किलोमा लुटे डाम्लोले भोको भैसी
झ्यालखानाभित्र देश पस्न सक्छ
बिदेशमा देशको सम्झना पुग्न सक्छ
हामी बिदेशमा छौ र सम्झना देशमा छ
हामी बिदेशमा सफा गर्छौ र बाग्मती फोहर छ
हामी बिदेशमा शान्तीले बाँच्न खोज्छौ र नेपालमा अशान्ती
ब्यक्ती शक्तिशाली हुन खोज्छौ र देश कम्जोर छ
हाम्रो मन कम्जोर र हामी बलियो हुन सक्दैनौ
आज अर्को कवि भेटियो
आज अर्को कवि थपियो
त्यसो भए अर्को गाउँ रित्तियो त ?
पात्लेखेत-७, म्याग्दी
No comments:
Post a Comment