प्रवासी जीवन


प्रेम पाख्रीन

फुले होलान सयपत्री र गदावरी
दसैंलाई स्वागत गर्न
आफ्नो भने थालइसकेको छ
खुशीका पालुवहाँरु मर्न ।।

बसेका होलान सबै नेपाली
टिका र कानमा जमारा सिउरेर
आफु भने बस्दैछु प्रबाशमा
गह भरी आँशु झार्दै निहुरिएर

बगैँचाका फुल निरास भए होलान
कस्ले पनि नटिपेको देखेर
डुबे होलान फुल शोक्मा
आफुलाई हेर्दै रोएको देखेर ।।

कती बनाउं आँशु को पोखरी
बिताउदै प्रबशी जिबन
एकान्तमा झनै एक्लै हुँदा
चर्किएर आउँछ यो मन ।

कसरी भेट्ने तिमीलाई आमा
उपाय छ र कहाँ
सुख नै सुखले बेरोस तिमीलाई
घुम्दै जाँदा पुग्छौ जहाँ ।

आकाशको तारा चम्केर के भो
आफ्नो निभेको छ मनको दियो
सपनिमा आएर बोले पनि
तिमीलाई भेटेको भान हुन्थ्यो ।।

कुदेको छ रावा खोला
कोशीमा मिसिएर बग्न
कहिले जुर्छ आमा मेरो
तिमीलाई भेट्ने लग्न ।।

हाँसेर बस आमा तिमी
म संधै बस्छु रोएर
बिहान उठी पूजा गर्छु
आँशुले मुख धोएर ।

No comments: