प्रतियोगी कविलाई सुझाव


निर्भीक रार्इ

(खेलकुदको जस्तो कविताको प्रतियोगिता नहुने)

पुरस्कार थाप्ने अवसर मिल्न त परै जावोस्
वाचन गर्ने मौकाको आसले पनि
कविता प्रतियोगितामा तिमीले कविता नभिडाउनु ।
निर्णायक मण्डलको आँखाहरुले
कमसेकम एक खेप पिइदिने आसले प्रतियोगितामा
कविता भिडाउनु सम्म ठीकै हुने ।
किनकि निर्णायक मण्डलमा
ति म्रो नाता वा चिनारु नहुन सक्ने ।
त्यस्तै तिम्रो कवितामा
देश दुखेको र बलात्कृत भएको,
भूगोल मिचिएको, हिमालको हिम्मत,पहाडको पहरा,
तरार्इको त्राण (ह ह,प प, त त मिलाइएको शब्दचयन),
जिजीविषा, आमा, सपना, अलिकति, नीलो,
टाँग्नु, अनुवाद हुनु, युद्घ, वा बुद्घ शब्दहरु नभए
निर्णायक मण्डलको धुरन्धर आँखाहरुले
तिम्रो कविता नरुचाइने ।
किनकि निर्णायक मण्डलको प्रकाण्ड कविहरु
लामा र पुरोहितझैँ पूर्वाग्रही र परम्परावादी हुनाले
प्रयोग र परिवर्तन उन्मुख ति म्रो कविता
उनीहरुको नजरमा तिरस्कृत हुने ।

२०६७ भदौ, मनमैजु, काठमाण्डू ।
जन्मथलो - नेपालेडाँडा, भोजपुर
पेसा - स्वतन्त्र अध्ययन र लेखन ।

No comments: