सनाखत


बिमल गिरी

अतित भन्नु मात्र हो
समय त बगिरहेछ
निरन्तर
अनौठो अनुभुति
बर्तमानको थालनीमा आएर
बगेको नदी फर्कदैन
समयले पर्खदैन
एक धर्सो गल्तिहरुमा
बिगतका काला भित्ताहरुमा
सनाखत हुन्छ
बलौटे यात्रा
पछ्यौरी ओडेर ।
निर्दयी नबन
तिम्रो उत्पिणन बुझ्छु म
जहाँ तिमीले
तिम्रा सबै अनुभुतिहरु
सम्पूर्ण आभास
अर्पण गरिरहेछौ
हार्दिक बनेर
इतिहास रचिरहेछौ
प्रलय तस्तै आधी बनेर ।
अन्तरद्वन्द कठाङ्री रहेछन
खुम्ची रहेछन
अनी
फैली रहेछन
मुटु निचोर्ने हातहहरु
निर्धक्क
सुक्का दिक्दारी पातहरु
झ्याङ्गिरहेछन
हुत्याइदिन मनलाग्छ
लहरालाई जरैबाट।
आयु नाप्ने
मापडण्ड भए
नापी सक्थ्यौहोला
मन्त्रहरुले मुक्तिदिन सक्तैनौ
शान्तिकामी हातहरुले
समयानुकुल
कालो रातमा
आतंक उदाउन सक्छ
बिसङ्गतिको
शोक गीत सहित
समबेदना तिमीलाई।

ब्रसेल्स,बेल्जियम

No comments: