नयाँ बर्ष

छक्कु उदासी

आयो फेरी पनि नयाँ बर्ष
मान्छेले नयाँ चाहेरै होला
केश फुल्यो, दाँत झर्‍यो
आफै पुरानिएको नमिठो बोध
दिन गन्यो, रात गन्यो
कता कता चसक्क दुखाई
आफ्नै उमेरमा एकजोड
अनबरत घुम्ने घडीको सुइले
झस्किदै छन, मानबिय चेतना
आफ्नै मृत्युको दिन छोट्याउँदै
अलि कति बोध तर धेरै अबोध
पुरानो भन्दा नयाँ चाहेरै होला
फेरी पनि च्याटिए भित्ताका पात्रोहरु
पल पल थोत्रिएका जीवनको अर्को अध्याय
तर कहिलै आफु खुसी मर्न नचाहाने
बिचरा ! मान्छेको त्यो अदभुत चाहाना
दिन दिनै थोत्रिएका ती महल र बस्तीहरुमा
नयाँ पात्रो टाँगेर नयाँ अनुभुति गर्ने
धन्यनै हो ! मानिसको आदम्य मानसिकता
तै पनि यनकेन, जसो तसो नयाँ बर्ष
चाउँरीदै गएको जिर्ण गाला
नयाँ उमंगका अप्राकृतिक लाली
सुन्य गन्तब्य, लर्टर्दै दुई पैदल
केहि त होला की भन्ने नयाँ जोस
कटेली परेका एक जोर ओठ
नयाँ खुसीको झिनो आश
अब्यक्त ला....मो.. सुस्केरा
उ....फ... नयाँ बर्ष

No comments: