बाङ्गे बगर


स्यानु पाईजा

सयौ चोटी पैदल नापेको बाङ्गे बगर
ओहर-दोहोर गर्दा गर्दै बाङ्गे बजार भयो
सोझो पसेर बाङ्गो निस्कने यो बाङ्गे बजार
बाङ्गे बजार का सस्ता रक्सीहरु
यो बाङ्गे बजार ओहोर दोहोर मा
कति को जीबन सोझिन नसक्ने गरी बाङ्गिएको छ
रातारात यो बाङ्गे बगरवाट बाङ्गे बजार
बाङ्गे बजार बाट आधुनिक शहर बन्छ
अब यो बगर छैन
अब यो बजार बाङ्गो छैन
नदि का किनाराहरु सोझिएका छन
सोझो सुकिला भबन ठडिएका छन
तर मलाई अझै पनि बाङ्गे यो शहर देख्दा
बाङ्गे बजार को सस्तो रक्सीले
फरररै अग्रेजी बोल्दै बाटो नाप्ने
दौतरीहरु को सम्झना आउछ
कसै कसै ले भन्छन यो शहर अझै पनि बाङ्गो छ
गल्ली गल्लीमा अझै पनि सस्तो भट्टीहरु छन
यसो त यो अचेल सबै ब्यस्त छन
स्यवयम बाङ्गो बगरमा नांङ्गो सुत्नेलाई थाहा छैन
कुन कुना मा के छ ? अचेल यहाँ पुगेर हेर्दा
सय थरिका चाउचाउका च्याउसै अनुहार
कुपोषण बोकेर उभिएको बोर्ड देखिन्छ
बियर,भोड्का,कोला,टोला,झोला,हजमोला
हर्लिक्स, सँङ्गिनी सुई,डिलक्स कन्डम
बोर्डिङ स्कुल,बैक,मनि टार्नसफर एजेन्ट
होल्डीङ बोर्डहरुको स्ट्याण्ड बन्छ यो शहर
कनिकनि पढेर अँग्रेजीमा लेखिएको बोर्ड
आफु पुग्ने ठाउँ बटुवालाई सोध्नु पर्छ यो शहरमा
थाहा भएर या नभएर पुर्वको ठेगाना पश्चिम देखाउछ बटुवा
रिसाएर साईला-माईलाहरु रिसले भन्छन
बांङ्गो बगर मा बनेको बाङ्गो शहर
यहाँ बाङ्गोहरु भेटिन्छन
सोझोहरु रेटिन्छन
आफैले नापेको बाङ्गे बगरमा हराएका साईलाहरु
मलाई हाँस्न मन लाग्छ
फेरि उहि दौतरीहरु सँग
बाङ्गे बजार पसेर सस्तो रक्सीले टिल्ल परेर
पुरानै बाङ्गे बगर नाप्न मन लाग्छ
अब यो सम्भव छैन यो बगर अब बांङ्गो बगर होईन
यो बजार अब बाङ्गे बजार छैन
परिबर्तित बाङ्गे बगर अचेल नामी शहर हो।

पात्लेखेत-७, म्याग्दी

No comments: