गजल


आचार्य प्रभा

( अनुराधा प्रती समर्पित गजल )

शाहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले
राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले ।

ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले ।

हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
कहिल्यै नि हुन्न हार्न सिकायौ अनुराधा तिमीले ।

नारीहरु बन्दछन् नि अतिनै कोमल र कम्जोड
मनलाई हुन्न मार्न सिकायौ अनुराधा तिमीले ।

सहनशिल भइे नारी जातको बन्नु पर्छ प्रतीक
सह्रिदयी मन पार्न सिकायौ अनुराधा तिमीले ।

रचना -११ /२२ /२०१०

No comments: