
मिजास तेम्बे
के छ खबर, हजूरको अचेल ।
सम्बन्ध किन, दुरदूरको अचेल ।
न राग मिल्छ न ताल मिल्छ ।
जीवनको धुन, बेसूरको अचेल ।
तिर्थालु छैनन्, श्रद्घालु, छैनन् ।
सीरको उच्च, गजूरको अचेल ।
रितो छ मन, रहर छैन ।
समय कस्तो, झुरझूरको अचेल ।
(c)2009 कविता कुसुम - कविताहरु. Nepalese Blog created by KavitaKusum
0 comments:
Post a Comment