गीत


टंक सम्वाहाम्फे

चञ्चल तिम्रो मनसँग वोल्न पाए हुन्थ्यो
सपना मेरो सझाएर तिमी आए हुन्थ्यो

कल्पनामा छचल्किन्छौ किन होला तिमी
चाहनामा वहकिन्छौ एक्लै हुँदा पनि
निश्छल तिम्रो आतसँग हाँस्न पाए हुन्थ्यो
सपना मेरो सझाएर तिमी आए हुन्थ्यो

सम्झनामा मडारीन्छौ किन होला तिमी
भावनामा वतासीन्छौ हुरी वतास वनि
हरपल तिम्रो यादसँग वाँच्न पाए हुन्थ्यो
सपना मेरो सझाएर तिमी आए हुन्थ्यो

सन्तान जन्माए साहारा हुन्छ भन्ने उखान मात्र भए


पवित्रा गुरुङ

सँगसँगै जीन्दगी जिउँने भनि
वाधिएर पवित्र वन्धनमा
मेरा बुबा आमा पनि
वुढेसकालको साहारा हुन्छ भनि
जन्माए दुर्इचार सन्तान पनि
अफसोस्
सँगै जीन्दगी जिउँने
वाचा मात्र भए
आधा जीन्दगी नजिउँदै
मेरा बाबा दैव आई जानु भए
मेरा आमाका आशाका दिया वुढे
मन भित्रका खुशीका महलहरु
अन्धकार भए
जन्माएका ती दुर्इचार सन्तानलाई
आफ्नो साहारा भनि
जिउँन थाली मेरी आमा
दिन र रात गनी
समयले नेटो काट्दै गए
मेरी आमा वुढी पनि भए
पाईलाहरु चाल्न लाग्दा
लर्खराउँन थाले
विन चीसो मुटु काप्न थाले
साहारा भनि हुर्काए वढाएका
ती सन्तानहरु
कर्मको खेल भनुँ यात
वाध्यता र विवशताको झेल
कोही परार्इ वने त
कोही परदेशी वने
सन्तान जन्माएर
वुढेसकालको साहारा हुन्छ भन्ने
उखान मात्र भए
जवानमा मेरो वुवाले
काटेको एउटा लौरी थियो
त्यहि आज मेरी वुढी आमाकी
एक साहारा वनिदिए
एक साहारा वनिदिए

यालाजुङ गोर्खा

यो मेरो संकल्प हो


इप्सुल मगर

लालीगुराँसको रंग भन्दा
गाढा वनोस्
शिर ठडाएको सगरमाथा भन्दा
उच्च वनोस्
आ - जीवन हाम्रो सम्वन्धमा
वषन्त छार्इरहोस्
यति मीठो र अटल हाम्रो
सम्वन्ध वनोस्
ताकी प्रत्येक पल
कोईलीले पनि
हाम्रै गीत गाईरहोस्
पाखा र पखेराको चट्टान
खिईएर जाला
धर्ती र आकास
एउटै होला
यात विर्सिएला
दिनलाई सूर्यले भने
जुनेली रातलाई चन्द्रमाले
मुटुमा विश्वास अनि
मायाँ मनमा भरि
हामी बिच सदभाव
इमान्दारी र समझदारी
अनि मायाँ छुट्ने छैन
मृत्युले अंगाले पनि
सम्वन्धमा हाम्रो
यति भरोसा छ मलाई
जस्तो कि मृत्यु जीवनको
ध्रुव सत्य हो
हामी दुर्इको आशामा
कुठाराघात हुने छैन
एकापसमा समझदारीको
मनमुटाव हुने छैन
यदि र्इश्या गर्छन् भने
कसैले हामीमा
गर्वले फुल्ने छन्
हाम्रा यी छाती
सम्वन्धमा तगारो हाल्न
खोज्छन् भने
ब्यर्थ हुनेछ त्यो दुश्प्रयास
झुक्नेछन् ती शिरहरु
अन्त्यमा हामीसँग
दृढ विश्वास मात्र होइन प्रिय !
यो मेरो संकल्प हो

छोरालाई चिठ्ठी


केवल गंगा गुरुङ

प्रिय छोरा
तिम्रो आनन्दमय जीवनमा
म दुखी रहेको तिम्री आमा
नेपालको तर्फबाट धेरै मायाँ

कसरी सुनाउँ तिमीलाई
मेरो खवर छोरा
साँझ विहान करैकरले खान्छु
कहिले मुटु मै घोच्छ
त कहिले पैताला तिर लुच्छ
यो शरीर सवै एकै चोटी
भतभति पोल्छ

तिमी त आफ्नै संसारमा डुबी
मेरो वास्ता गर्न छोड्यौ
मेरो त तालु खुइलियो
दाँत सवै किराले खायो
आजभोलि खोले समेत
निल्न नसकेर भोक्कै सुत्छु म त

अनि छोरा
भोकको मात्रै के कुरा
महाकाली सुक्न लाग्यो
सप्तकोशीलाई गंगाले बगायो
मसीना इनार,कुवाहरुको पिँध नै फाटेर
पानी समेत पिउँन पाकी छैन

खै,
तिमीले कहिले बुझ्छौ यो कुरा
यो गरिव आमाको नाङ्गीएको शीर
पटपटी फाटेर धुजा धुजा परेको पैताला
कहिले देख्छौ तिमीले ?
तै म त तिम्रो आमा परे
तिमी जति नै कुलङ्गार भए पनि
मायाँ लाग्छौ रै छ आफ्नो सन्तानको
यो गरिव आमालाई

छोरा
तिमी आयौ भने मेरो काखमा
रुखो गाँस चिसो न्यानो वासमा
मेरो ममताको छहरी भित्र लुकाउँला
तिमीलाई
डरै लाग्छ छोरा मलाई
जब तिमी मलाई बुझ्छौ
मेरो महत्व चिन्छौ
तव
म मरी सक्ने पो हो कि ?
चाँडो आउ छोरा तिमी चाँडो आउ
यो गरिव आमालाई वचाउ
आफ्नो आमाप्रतिको कर्तब्य निभाउ

उहि तिम्रो
गरिव दु :खी
उनी विरामी आमा
नेपाल

निरीह कैदी


आचार्य प्रभा

मायाको कठ्घरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफि
दिन नै सक्छु,
न त तिमीलाई मनको जेलमा
थुनी रहन सक्छु,
न त निर्दोष ठानी आजाद गर्न नै सक्छु
बस! यो कस्तो अभियोग लाग्यो तिमीलाई
न कहिल्यै मनको हथकडी फुकाएर
छाडि दिन नै सक्छु।
हो तिमीले सजाय भोग्नै पर्छ
मनको चारदिवारी भित्र कैदिको
पर्याय बन्नै पर्छ ,
किन कि तिमी दोषी बन्यौ
मीठो भूल गरेर ,
तिमीमा अभियोग लाग्यो
कसैको मन चोरेर ।
जाउ जहाँ जान सक्छौ तिमी
न्यायको ढोका ढक्ढक्याउन
एलान गर म दोषी हुइन भनेर
त र पनि म तिमीलाई दोषी नै देख्छु
तिम्रो मन र आँखाभरी चोरीको
झलक नै पाउँछु ,
खुलासा गर फेरि पनि
म निर्दोष छु भनेर
त र पनि म तिमीलाई
क्षमाको भिख दिन कँजुसाइ नै गर्छु
किन कि गर्यौ तिमीले
अन्जान भूल,
गड्यो मेरो मनमा मायाको शूल
ल... भन गर्छौ कि त मायाको कबुल?
कि त स्वीकार्छौ
आफ्नो मीठो भुल ?
त र मैले त बन्दी नै बनाएँ
मनको कठ्घरामा ,
अपराधी नै भएपनी मन पराएँ
सुस्तरी सुस्तरी ..........
अनी ठहराएँ आजीवन मायाको दोषी ।

(अमेरिका )

रुखमा बस्ने चमेराहरु

इन्द्रकूमार श्रेष्ठ सरित्

हिंडन् बाटा छन् स्पष्ट
लक्ष्य छन् प्रष्टै
आँट छ, जोश छ, जाँगर छ
तर सहज छैन यात्रा
यत्रतत्र छन् नदेखिने अप्ठ्याराहरु
बगलीमा छूरा राख्नेहरु नै रामनाम ओडेर
मूखले गर्छन् राम राम सीताराम ।
जंघार तर्न नदिन
शिखण्डीहरु र्ग्छन् अनेक अभिनय
भिर्छन् मञ्चमा भिन्न भिन्न रुपाकृति
मूखै अगाडि र्छछन् प्रशंसाका फुलबूट्टाहरु
तर पीठ पछाडि गर्छन डाहा इर्श्याहरु
आफु भर्‍याङ्गमा उक्लेर पनि अग्लिन नसकेको पीडा
अरुको खोइरो खन्नमै लगाउछन्
लिलीपूटहरु बूझ्दैनन
डाहा, र्इश्या र आरीशले आफु क्षमतावान भइन्न
सूजनाको क्षेत्रमा व्यक्तित्व विकासको क्षेत्रमा
त्यसैले गर्नैपर्ने थूप्रै थूप्रै काम छन्
हृातेमालो गर्न सक्दा
अंध्यारो भगाउन नसकिने पक्कै होइन
मरुभुमिमा पनि फुल फूलाउन
नसकिने त पक्कै होइन
तर बन्द, हडताल र विरोधको माझमा
सृजना फक्रिन सक्ने कूरै भएन
लिएर अरुको हूर्मत
आफु इज्जतिलो भएको मृगमरिचिका पाल्छन्
अरुलाई नंग्याएको भ्रममा
परिवर्तन, चेतना र अग्रगमनका बिरेाधीहरु
गणतन्त्रको धरातलमा टेकेको अभिनय गरिरहंदा
ज्नताको माझमा झनै नांगिरहेका हून्छन् ।
तरहरा(सून्सरी) हालः काठमाडौं

गजल

केशब आचार्य

केही पल बिताएथे तिमीसँग बात लाग्यो
आज एक्लै एकान्तमा सुन्य मात्र हात लाग्यो ।

के पो रैछ जिन्दगी कहिले कहाँ,कहिले कहाँ ?
सम्झनाको सागरमा डुब्दा आज किन मात लाग्यो ।

सुकी सक्यो सम्झनाको कुलो,साँचै आज सुकी सक्यो
जिन्दगी नै कल्पनामा बाच्नु रैछ घात लाग्यो ।

रमाएरै काटौँ भन्थें जिन्दगीका पलहरु मैले
"केशु"मात्र साथी रैछ आज त्यही साथ लाग्यो ।

(अमेरिका )

लाल सलाम सहिदलाई


योगेन्द्र गिरी ,संघश

नेपाल आमका बिर सुपुत्र छोरालाई
बिर योद्धाको सम्मान छ तिमीलाई

स्वधिनताको शिर उच्च बनाई
आफनो ज्यानको बलि चढाई

सहिद सलाम छ तिमीलाई
तिम्रै रगतले बनेका छन खोला ,झरना र तालहरु

तिम्रै पौरखले बनेका छन् उच्च हिमालहरु
तिम्रै स्वाशप्रस्वाशमा आज मैले सास फ़ेर्न पाएको छू

अनि स्वधिन नेपाली भई बाच्न पाएको छु
तिम्रै माम्सपेशीबाट बनेका छन् खेतबारी

त्यहि बाट उब्जाउछु अन्न र बाली
पूर्व मेची देखि महाकाली सम्म कोरीएका छन् रेखाकंन

तिम्रै रगतको साहाश र परिचानले गर्दा
सु- मधुर एकताको साइनो फैलीरहोस

लहरा,पहरा सबै तिर फ़ुलैफुल फुलीरहोस
झुक्ने छैन्न चन्द्र, सूर्य झण्डा नेपाल र नेपालीहरु रहे सम्म

यो देश नेपाल बीर सहिदहरुले बनेको छ
यो हाम्रो देश बीर योद्धाहरुले बनेको छ

लाल सलाम छ बिर सहिद तिमीलाई

धुपू-१ लेब्रंग
संखुवासभा
हाल - मुलुक बाहिर
इमेल-yogendra.yogen@yahoo.com

खाडी देश नआउनु है चेलीहरु


चकेन्द्र राई (कैदी)

एउटा नेपालीको आशुले
अर्को नेपालीको मन रुन्छ भने
एउटा नेपालीको दुःखले
अर्को नेपालीको मन छुन्छ भने
भन्नु पर्छ हामी नेपाली हौं भनेर ।
हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर ।
हामीलाई
तुलसी महत्तो को यथार्यले रुवाएको छ ।
डोल्मा सेर्पाको अकल्पनिय दुर्घट्नाले रुवाएको छ ।
धेरै नेपाली चेलीहरु जेलको चिसो छिडीमा
दिनहरु गन्दै सजायहरु काटिरहेको
नमिठो समचारले हामीलाई रुवाएको छ ।
मुटु भरी चोट र मन भरी बेदना मात्र लिएर
नेपाल फर्कनु परेको मायावतिको कथाले
हामीलाई रुवाएको छ ।
एकै पल्ट १५ जना चेलिहरु नेपाल फर्कनु पर्दाको
तितो सत्यले हामीलाई रुवाएको छ ।
हो हामी धेरै पल्ट रोएका छौ ।
किन कि हामी सबै सबै नेपाली नै हौं ।
तपाई भन्नु होला
आफ्नो घर र जन्मभुमी फर्कदा पनि किन रुनु भनेर ।

तर
फर्कनलाई मात्र त गएका होइनन नी ती चेलीहरु ।
कहां गए आफ्नो र परिवारको मिठो सपनाहरु
आफ्नो आत्मा भित्रको सुन्दर कल्पनाहरु
नेपाल फर्कनु भन्दा पहिला
भोक भोकै बिताएका दिनहरु
चिसो भुईमा काटेका रातहरु
दिईएका कठोर यातनाहरु
भोगीएका नमिठो सास्तीहरु
च्यातिएको कपडाहरु
लुटिएका इज्वतहरु
खोसिएका अस्मीताहरु
गरीएका बलात्कारहरु
के यसैका लागी बिदेशिएका हुन त नेपाली चेलिहरु
अनि कस्को मन शान्ति हुन्छ नी
तर जति नरमाईलो लागे पिन
आखिरी म पनि त के गर्न सक्छु र चेली
अलिकति सहानुभुति प्रकट गरि दिन्छु ।
ज्यादा भए दुई थोपा आशु खसाली दिन्छु ।
त्यसैले चेलिहरु
दया नभएका कठोर आत्माहरुमा
मानवता नै नभएको मानव बस्तिहरुमा
तिम्रो कमोलताको र तिम्रो समर्पणको
कुनै अर्थ र मुल्य हुदैन ।
कसैले सुन्दैनन तिम्रो चित्कारहरु
ताल परे चुस्छन निचोर्छन उल्टै बरु
तिमी संग धेरै जिन्दगीहरु जोडिएका छन् ।

खाडी देश तिमीले सोचे जस्तो छैन ।
खोजे जस्तो छैन ।
केहि छ त तुलसीको जस्तो पिडा छ ।
मायावतिको जस्तो दर्द छ ।
डोल्माको जस्तो आशु छ ।
त्यसैले मेरो अनुरोध छ ।
खाडी देश नआउनु है चेलिहरु ।।

(समर्पण ति चेलीहरुलाई जो पराई मुकुलमा लुटिन बाध्य छन् ।)

मायाँको लाश

z
केवल गंगा गुरुङ

आज विहानै देखें एकनासले
मुसल धारे वर्षा
यी पहाडिया गोरेटोहरुमा
जताततै भासीएका
अवरोध छन् सारा बाटाहरु
कहि कतैजाउँ भन्दा
त्यहि वेला चस्किएर
मुटुवाट केहि निस्किए जस्तै
छट्पटिए जस्तै खल्वलिए जस्तै
त्यस्तै वेला कतै पारी
सहनाई गुञ्जि रहेछ
म एकान्त भई सुन्छु
कसैको सिउँदो रंगीएछु
त्यहि वेला हरियो निगालोको
दुर्इ सिठ्ठा विच सेतो कात्रो वेरी
मेरो मायाँको लाशले
ठाउँ खोजी रहेछु
सानो टुक्रा घृष्णा खोजी रहेछु
अनि दीपमा पतंग वनि
जल्न खोजी रहेछ ।

बिलाई जान्छ


दिलिप योन्जन

बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा
हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा !

सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ
मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

फोहोरको फुल टिप्दैन याहा सफाई चाहिन्छ
अमर प्रेम छाडेर गए मरे नि बाचिन्छ !

मारेर माया मर्दैन कहिले फ़ैलिन्छ दुबो झै
मायामा जसले जिबन जलाउछ रहन्छ इतिहास भै !

अमेरिका

एकान्तमा एक्लै

मनोज काफ्ले 'मनसुन'

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

सैशबमै जीवन ढल्यो नसा पिए सरी लड्यो
येस्तै हुने थाहा थियो रुनु जानाजानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

फेरी फर्की हेरेउ तिमीले ढकमक्क जोबन मेरो
नहेर भो छाती चिरी दुख्ख को यो खानि परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

पर्खि बसे


राम गैरे

साझपख तिमी
आउछौ भनी
टोलाई रहे चारै तिर
आईनिउ तिमी गल्ली -गल्ली
गोरेटो बाटो जताततै
एकोहोरो हेरी रहे अझैपनी आईनौ
तिमी कोइली चरी पनि
आ- आपसमा माया प्रिती
साटा साट गरी रहेका थिए
दुई चरिका जोडीहरु अटुट
सँगइभरिको साथ दिने कसम खाँदै थिए
तर पनि आईनौ तिमी
सेतो कुहिरोले पनि मेरो निराशिलो
मन हेर्दाइ आफ्नै सुरमा हिड्दै थियो
जता ततै हेरिरहे कुन कुना बाट उदाउछिउ
भनी तर पनि देखा परिनऊ
बोट बिरुबाका पातहरुले तिम्रै पनि
इन्तिजारमा टोलाइरहेका थिए
कता कता सानो सोरमा गाडीको
पनि हुइयको आबाज अईराहेको थियो
जुनकिरिहरुले पनि आफ्नै सुरमा
गीत गाउदै थिए गोठाला हरुले पनि
मेरो निराश मन हेरी गाई बाख्रा
लैजादै थिए.................
अझै सम्म पनि आईनैइ तिमी
माथि आकाशबाट पनि मायाका
थोपा सरी सिम सिम बर्षात
भाईरहेको थियो
सम्पूर्ण प्राणी जिब जन्तु हरु पनि
आफ्नै जोडीसङै
घर तर्फ लाग्दै थिए
जता ततै हेरी रहे आईनौ
निस्ठुरि तिमी...........

अधुरै रहन गयो


योगेन्द्र गिरी,संघश,

उकाली र ओराली अनि
डाडा र सीतल चौतारीहरुमा

तिमी आउने बाटो हेर्दै कुर्दै बसी रहे
बिबसताले सताएरै भए पनि

सुन्दर सपना अनि मिठो कल्पना संगालि
तिम्रो आगमनको दल-दल भित्र फसे

रंगी चंगी फूलबारीमा फूलहरुलाई गन्न सकिन
बिर्सी जाने निष्ठुरीलाई केहि पनि भन्न सकिन

सुभकामना छ निर्मोही तिमीलाई यति ठुलो
संसार किन आज बिरानो भयो

तिमिसगको मनको धोको आधुरे रहन गयो
मुटुभरिको न्यानो माया छ

छाडी जाने निस्ठुरी तिमीलाई

धुपू-१ लेब्रंग
संखुवासभा
हाल - मुलुक बहिर
ईमेल-
yogendra.yogen@yahoo.com

म एउटा लज्जा लेख्न चाहान्छु

चकेन्द्र रार्इ कैदी

लगाम लगाएको घोडा जस्तै
मेहेमा बाधिएको गोरु जस्तै
हरेकको गलामा बाँधिएको छ
एउटा कुसंस्कारको साङलो
त्यसैले
भर्खरकी तिन चार जान तरुणी चेलिहरु
लठ्ठकिो साहाराले मात्र हिड्न सक्ने
एउटा जिजीविषालाई पछ्याई रहेका छन ,
आफ्नो पतिदेव संम्झेर............।
आँखा भएर पनि ति चेलिहरुले
आफ्नो खुल्ला आँखाले
कहिल्यै यो दुनियाँ हेर्न पाएका छैनन ।
एक पल पनि स्वातन्त्रको
मिठो स्वास फेर्न पाएका छैनन ।
अनि यी चेलिहरुको अनुहार पनि
कहिल्यै, कसैले देखेका छैनन ।
कसै सँग सिधा नजर हेर्नु र हेराउनु हुदैन रे.....।
धर्म नष्ट हन्छ रे.....।
त्यसैले यी चेलिहरुको कथा
अलिक भिन्न र अलिक बिशिष्ट छ ।

अनुमति दिन्छौ भने चेलि
आज म ति म्रो आत्मा कथा लेख्छु ।
यो धरतिको यो युगको नमिठो सत्य लेख्छु ।
काले बार्को भित्रको अत्याचारको
सारा सारा यर्थाथहरु लेख्छु ।
ढुङ्गा जस्तै मन भएका
रोवट रुपी पुरुषहरुको बारेमा लेख्छु ।
धर्मको नाम लिएर
चेलिहरु माथी गरिने कठोर दमनको कुरा लेख्छु ।
जहाँ महिला अधिकारबादीहरु
राष्ट्रिय र अन्तर्राष्ट्रिय ठुल्ठुला सेमिनारहरु गर्छन ,
त्यहाँ नै आफ्नो टाउको ढाकिएको कालो बोर्की
उठाउन नपाउने सम्मा कुसंस्कार पनि छ ।
के यो तपाईहरुलाई थाहा छ ?
विरोधको प्रतिक कालो कपडाले
युगौ देखि सिङ्गै शरिर छोपि मौन विरोध
गरि रहेको ठाँउ सम्म के तपाईहरुको नजर पुगेको छ ?
धर्मका दासहरु , कुसंस्कारका कमारीहरु
यी पिडीत चेलिहरुको अधिकार
महिला अधिकार भित्र कहिले समेटिन्छन् हजुर ?

चेतनाको उज्यालो भन्दा अलिक पर
मानव सभ्यताको दृष्टि भन्दा अलिक ओर
सुन्यता र अन्धकारमा एउटा बस्ती छ ।
त्यहाँ धर्मले मान्छे जन्माउदो रहेछ ।
मान्छेहरुले धर्मलाई होईन ।
संस्कारलाई त मान्छे मात्रको
हजुर बाबा पो ठोनिदो रहेछ.............।
त्यसैले त्यहाँ
एउटी छोरी मान्छे लाई मान्छे मानिदैन ।
हो हजुर आज म
एउटी छोरी मान्छे साँच्चि नै
मान्छे जस्तो भएर बाँचेको हेर्न चाहान्छु ।
आज तिनै चेलीहरुको
मुटु भित्रको सबै र्सबै बेदना लेख्न चाहान्छु ।
बरु यो दुनियाँ बाट निष्कासित हुन परोस ।
तर म आफु पुरुष हुनुको
अहंता र आफ्नै कलुषिताको भावनाको
एउटा मिठो लज्जा लेख्न चाहान्छु ।।

गजल


बसन्त मोहन अधिकारी

हे मान्छे आफैलाई एक फेर हेर
आफ्नै आत्मा एकफेर चिनेर हेर

यो आत्मा र शरीर बेग्ला बेग्लै हुन्छ
नपत्याए आफैलाई जाँचेर हेर

छल्न, ढाँट्न सक्छौ यो आँखालाई तिमी
यो आत्मा छल्न सक्दैनौ सोधेर हेर

मरे पनि यो शरीर यहि देख्न पाउँछौ
आत्मा छ अन्नत बिचार गरेर हेर

जन्मने र मर्ने यो शरिर हो
आफै भित्र छ इश्वर खोजेर हेर

चितवन यूएइ

देवकोटा तिमी प्रसाद हौ


आचार्य प्रभा

देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरुले
अझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा श्रीजना अमेय छन।
हाँसी रहेछौ तिमी अटल सूर्य बनेर
नेपाली साहित्यकाशमा ,
बाँची रहेछौ तिमी"मुना मदन"बनेर
हर सर्जकहरुका मानसपटलमा ।
ज्योति थियौ तिमी अलौकिक ज्ञानको
मोती बन्यौ तिमी साहित्यरूपी समुन्द्रको ,
त्यही ज्योति आज
साहित्यको "आभा" बन्यो
त्यही मोती सबको श्रीजनाको माला बन्यो ।
तिमी प्रतीक हौ कबितामय संसारको
पथ प्रदर्शक हौ तिमी सद्भभाव र सह्रिदयताको ,
गर्न सकौं ग्रहण सबले
तिम्रा प्रसादरूपी कबिताका उपदेशहरु
पाउन सकौं सदा तिम्रा अजम्बरी
आत्माका जसहरु ।
तिम्रै श्रीजनामा अमर बने
निश्छल प्रेमीको जोडी "मुना मदन"
तिम्रै भावनामा समान भए
जातीभेद पनि ,
यसैले हामी गर्छौं श्रद्धा
"लक्ष्मी" तिमीलाई आजन्मभरी
तिम्रै चरणमा राख्छौं माथ हामी सधैं भरी ।

(अमेरिका )

गीत


केदार श्रेष्ठ गगन

पराईसँग उनी हिड्दा चल्यो मनमा हुरी
विति गाका दिनहरु याद आयो फेरि ।

आँसु रोक्न खोज्दा किन झर्छ मूल फुटी
रातभरि जागै हुन्छु सधैँ हुन्छ छटपटी
मेरो मनको राजा भन्दै बस्थिन् बाटो कुरी
विति गाका दिनहरु याद आयो फेरि ।

कसलाई भनु मनको कुरा वह कहाँ पोखुँ
छचल्किएर बग्छ आँसु कसरी म रोकुँ
बिसु्र भन्दा उनकै याद आउँछ घरि-घरि
विति गाका दिनहरु याद आयो फेरि ।

भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू.ए.ई.च्याप्टर

जती चुम्यो


दिलिप योन्जन

जती चुम्यो उती मिठो, पिपल पाते ओठ
तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग !

जति हेर्यो उती राम्री, चन्चले तिनको रुप
मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप
मिठो बोली गाजालु आखा, मनै चस छुने
हासी हासी बोल्छे जब, मोहनी नै लाउछे !

फुलै पनि फिका लाग्छ, किन२ तिन्लाई देख्दा
एक्लो जिबन अधुरो भाछ, तिमी साथ नहुदा
गोधुलीमा तिम्रो रुप प्रिया, लाग्छ जस्तै जुन
जति सुन्यो झनै मिठो, मायामा पिरतीको धुन !

अस्टिन, अमेरिका

शिशुगजल


आचार्य प्रभा

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका लाउन सकिन दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु
सयपत्रिको मालामा ,मुस्काउन सकिन दाजु ।

रमाइलो त्यो पल अनी खुशीको मिलन पनि
चाहेर पनि यो मनले,पाउन सकिन दाजु ।

तिहारको रमझम,देउसे,भैली मनमै छ
अन्धकारमा म,जून बनी छाऊन सकिन दाजु ।

(परदेशबाट )

आशुको जिन्दगी


योगेन्द्र गिरी

आशु मात्र कति बग्छ यो आखाबाट
यो आखा केवल रुनको लागी मात्र पो हो कि ?

हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?

सुख अनि हर्स त केवल छदै छैन यो जिन्दगी
केवल दूखै दुखको लगी मात्र हो की जिन्दगी

सधै बिर्सन खोज्यो खाली सम्झना मात्र आउछ
केबल यो जिन्दगी सम्झनाको लागी मात्र पो हो कि?

केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?
यो जिन्दगी दूइ खोलाको पनि भएर पो हो कि किन ?

संघश,धुपू-१ लेब्रंग
संखुवासभा खाँदबारी नेपाल
इमेल-yogendra.yogen@yahoo.com

अवसान


समृध्दि शायद

साथीहरु सोध्छन्"खै! नयाँ केही"
जवाफमा एक जोर ओठहरु तन्काउछु ।
"किन?यस्तो आजभोलि"
प्रश्नहरुको ओइरो खेप्न नसक्दा
प्रश्नहरुको ओइरो खेप्न नसक्दा,
फुत्त शब्द निस्कनछ ,
"अवसान"
"कस्तो नि !"-ठिमाहाहरुको प्रश्न ।
कस्तो-कस्तो मलाई नै थाहा भएन ।
बैंशमा रहरहरुको अवसान
आवश्यकताहरुको लर्कोमा प्रेमको अवसान
प्रेममा आत्मियताको अवसान ।

समयको उत्तरार्धसँग
खुशीहरुमा बैंशको अवसान
इच्छाहरुमा जाँगरको अवसान
ढर्रामा जीवनले,
नौलोको अवसान गरिएछ ।
"अवसान"
गर्ने क्रम जारी छ
केही न केही ,कतै न कतै
शायद
लत नै बसेछ क्यार् !
र त
सम्बन्धहरु पनि
त्यसै-त्यसै विना कारण
अवसान
गर्ने चस्का पसेको छ म भित्र .........

नागरिक सर्बोच्चतामा मेरो मत जाहेर


डी.वी. पालुङवा

धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त
प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन

अझ यो राजनीतिक अवतरणमा
यहां लोगो र झण्डा फरक भएर
आखिर के नै भो ?
जहां नीति र सिद्धान्त एकातिर भए पनि
सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा
यी दुर्इवटा अनुहारमा एउटै आंखा, एउटै दृष्टि,
एउटै दृष्टिमा एउटै दर्शन
नत्र यिनीहरुको छातीमा पक्रेर सोधि हेर त,
कि यिनीहरु एउटै आमाका
सहोदर दाजु भाइहरु हुन की होइनन् ?

जसले भ्रष्ट, शोषक, सामन्ती, र साम्राज्यबादीहरुको सधैं
कुटी र दरबारमा र्इटा लगाई रह्यो
र ठुलठुला गेट र ढोकाहरुमा
रक्षाकवच बनेर उभियो, अनि
हरेक ढोका र झ्यालमा कालो सिसा लगायो र
कालो सिसामा कालै पर्दा लगायो अनि
त्यही भित्र कुकृत्यको श्रृंखलाहरु थप्दै र
सम्पादन गर्दै गयो,
अब यस श्रृंखलाका खलनायकहरुको छिट्टै अवसान हुदैछ

किनभने
जसले धेरैलाई अनि म समेतलाई बिरोधी बनायो
तर आजका यी निस्क्रिय दिनहरुलाई आजलाई यही बिदाई
आजको यो खैरो सांझलाई आजलाई यही बिदाई
तर भोलिको सांझ ति म्रो शोक गीत लेख्न
मलाई फुर्सद हुने छैन

किनकी यो कुटिल डबलीमा
अब म चिहान खन्दैछु ।

जहां इतिहांसको कालखण्डहरुले पुरेको
प्रजातन्त्रको बर्खिलाप गर्नेहरुको बिरुद्धमा
आम बिचारहरु संग हिड्नेहरुको बिरुद्धमा
सडक अवरुद्ध गर्नेहरुको बिरुद्धमा
अब म ब्लास्टिङ पड्कन्दैछु र
नागरिक सर्वोच्चताको सडक विस्तार गर्दैछु

अब म मोराकोट आउँदैछु
जहां नियतबस लेखिएका दर्शन र आदर्शका
दास्तावेजहरु च्यात्न
कुख्यात घुस्याहा र कामचोरहरुको
कठालो पक्रेर, जनताको अदालतमा घिसार्दै
एउटा बृत्तबाट उत्तराजनीतिक संरचनाको
गजबार भत्काउँदै पुनराबृत्तबाट
पुनःसंरचनाको घोचा गाड्दै
बिकेन्द्रीकरणको शेरमा
कम भन्दा कम मुल्य र मान्यतामा
एउटा महत्वपूर्ण टेन्डरको आव्हान गर्दैछु ।

के तिमीलाई मञ्जुर छ ?

छ भने आउ, यो संम्झौता पत्रमा
एउटा जटिल एवं महत्वपूर्ण हस्ताक्षर गरौं ।

गजल


आचार्य प्रभा

तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।

अन्जान र खाली थियो मनको सँघार मेरो
आशाको सुन्दर महल कस्तोगरी ठड्यो हेर ।

निरशता र अधुरो रहर, मात्र बाँकी थियो
सारा आज खाक भै मेटिएर डढ्यो आज ।

धेरै नाम लेखिए मन भित्रका पानाहरुमा
तर केवल तिम्रै नाम यो अधरले पढ्यो हेर ।

(अमेरिका)

No matter even


Ramu Gaire

No matter even
I am far from my wife
Always she comes in my dream
And says darling how is your life

No matter even
Someone says me badly but my son says honey
Dad, i want to be a good actor (son’s says)
I know you have problem, but earn more money

No matter even
I am not in my home
There is nobody to take care of my family
But always thanks god you are the one

No matter even
All of my relatives are too rich
I want to see my family to be happy and
Love is always remaining in my brain’s hard disk

No matter even
I will go heaven or hell
If god took me in hell, and
I will send message from yemraj’s mail

No matter even
My friends says, he is laying, but i am true
Only one life friend is always for me
That is from heaven god provided me that’s you

No matter even
There is Dangerous road ahead
I am forever together with you &
I will remember you even after me dead

arghakhanchi- chiuramati ,Now - Dubai

तिहारको सम्झना


योगेन्द्र गिरी

बसेको छु दिदि परदेशमा रोएर
बस्नु पर्यो मिसिनको तातो राप

अनि पसिनाले मुख धोएर
याद आउछ दिदि सप्तरंगी टिका निधारमा

बाचे भने आउनेछु अर्को तिहारमा
दिन,महिना अनि वर्ष बिते यो बिरानो ठाउमा

यस बर्षको तिहार पनि घकिन्न्दै छ रे मेरो सानो गाउमा
कुन दिनमा विदेश पसेछु दिदि दुखी मेरो कर्म

कसले सुनी देला, कसले भुझी देला गरिब भाइको मर्म
ओंइलियो होला सयपत्री र मखमली माला

यो परदेशी भाई लाई पर्खी बस्दा
माफ़ गर्नु है दिदि परदेशी भाई लाई

बाध्यता ले र बिबसताले गर्दा आउन सकिन
नगास्नु है दिदि सयपत्री र मखमली फूलको माला

दोबाटो र मुलबाटो मा कुरी बस्नु है दिदि
म फर्की आउने अर्को साल

धुपू-१
लेब्रंग
संखुवासभा
हाल - मलेशिया
इमेल- yogendra.yogen@yahoo.com

माफगर


कृष्ण प्रसार्इ

बिर्सौभन्दा झन् बढी आइ रहने,
सवका सव सम्झनाहरु छन् अहिले पनि
घुर्मौला आँखाहरुमा समेटिएको एउटा क्षितिज,
नआओस भन्दा भन्दै आएको मलामी साँझ
र तिमीले आफ्नै चौबन्दीमा बेरेको कोरली रहर
कता गए सवै ?
तिमी अनुकुल भएको छ मेरो मन,
सबै सबै साँक्षी राखेर-
सपनाकामा चुराहरु बजेर विउँझेको विहान छ मसँग अहिले
फेरि पनि-
त्यही पुरानो परेली दोब्रिएको तिम्रो आँखामा-
अनन्त अनन्त इच्छाहरुको महासागरमा हराइरहेको-
आकाश भन्दा पनि माथिको काफल फलेको मन खोज्दैछु ।
पारिजात पाउलिएको तिम्रो अनुहार-
र नदी जस्तै बगेर हराएको तिम्रो बैश पनि छाम्दैछु
तिमी आफैले भन्थ्यौ-
मान्छेको जीवन,
आँसुको असार पस्किए जस्तो कसैगरी हुन्न
अंगालोमा उनिने रहरलाई
उमेर फुलेको हिमाल जस्तै बनाएर
जीवन जिउँन कदापि सकिन्न
यस्तै यस्ता शब्दहरुको खेती गरेर
तिमीले कोरेका साँध सिमानाको हेक्काभित्र
लक्षण रेखा नाघ्न नसकेको सम्झना पनि आलै छ अहिले
कसरी भन्नु मैले,
निसङ्गकोच म पस्न चाहान्थे नौनी जस्तै त्रि्रो आखाको नानीमा-
र खेल्न चाहान्थे कुराउनी जस्तो तिम्रो कमलो मनभित्र ।
कस्तो नियति !
मनभित्र पस्ने-
प्रवेशाज्ञाको पर्खाइमै
सिमलको भुवाझै
ओइलायो/उड्यो-
मेरो गोधूलि मन-
म रोएँ-
आसु सकिए पछि पनि रोएँ,
साउनसँग आँसु पैचो लिएर झरी रोएँ ।
आँसुवापतको सौदा कटाएर
गर्न बाँकी रहेको हिसाव किताव अधुरै छन् तिमीसँग
अलिकति बान्की परेको तिम्रो अनुहार-
हेरे वापतको तिरो तिर्नु थियो मैले,
मेलापातमा छुटेका कुइनेटाहरुको-
ब्याजै सहितको बाली बुझाउनु थियो मैले ।
अलिकति पर्ममा गोडेका गराहरुको,
रहल साँवा चुक्ता गर्नु पनि थियो मैले ।
हिउद बास्नु अघि-
सित हास्नु अघि,
पूर्णिमा पस्नु एकदिन अघिको जूनसँग,
तिमीले मागेको वर,
कतै म नै थिएँ भने पनि-
माफगर !
म यतैकतै सहरमा-
तिमीलाई खोज्दै,
नभेट्टनिे गरी हराएको छु ।

मलाई यो जिन्दगीले


रामु गैरे

मलाई यो जिन्दगीले........
चोटै चोट दियो
कहिले सम्म दिदोरहेछ
सिरानी पनि आसुले भिज्यो
कहिले आफ्नैले चोट दियो
अनी त कहिले पराइले नै
अहिले मैले दु:ख पाएको छु
सबैलाई मले गरेको भलाइले नै
भन्छन सबले सुकेको बगरले पनि
बर्खाको भेल्को पानी पाउछ
सोचेको थिए दु:खमा पनि
कसैको त आँखा रसाउछ
किनकी एक दिन सोझाको पनि
यो दुनियाँमा अब्श्य पालो आउछ
सोझो रुखलाई सबैले
कट्ने रैछन् रोजी रोजी
जता ततै दुनियाँ भर
गाउ घर खोजी खोजी
सुखमा हुन्छन आफन्त सबै
दु:खमा साथ छोड्दा रैछन्
यो दुनियाँको रिती नै एस्तो
बलेको आगो ताप्दा रैछन्
दुखिलाई कहिले काही भुल्दा
रहेछन देउता पनि
भन्थे जस्ले मलाई भाग्यमानी
दिएनन साथ दुई पाइला पनि
मलाई यो जिन्दगीले चोटै चोट दियो..............
नुवाकोट ४ चिउरामाटी अर्घाखाँची
हाल दुबइ

आस्था र अनास्थाभित्र मान्छे


आचार्य प्रभा

मूर्ती पुजेर
मान्छेलाई घ्रीणित ब्यवहार गर्नु
मानवियता हैन जस्तो लाग्छ
त र...... बाध्यता,
जब मान्छेहरु नै मूर्ती भन्दा
अन्धो र कठोर बन्छन भने
अनी.... मान्छेहरु नै अचल बनेर
पापको भागीदार बन्छन भने
अर्को बिकल्प नै के रह्यो र ?
हो कस्ले सुनेको छ ?
इश्वरले आशिष फलाकेको ?
कस्ले महसुश गरेको छ
ढुङ्गाको मूर्तिले शीरमा
आशिर्बादको स्पर्षले छोएको ?
त र पनि मान्छे,
आस्थाको धरोहरमा भुलेर
ढुङ्गाको देव पुज्न वाध्य छन
मान्छेलाई अनास्थाको खन्डहरमा
धकेलेर निर्जिव मूर्तिलाई
कोठा र चोटामा सजाउन
लालायित छन
अनी.... यिनै मान्छे,
मानवियताको ब्यापारी बनेर
इेश्वरलाई बली चढाउने बहनामा
निरीह पशुहरुको हत्या गर्न
उत्प्रेरित छन।
वास्तवमा कस्ले सुनेको छ
मूर्तिले रगतको भीख मागेको ?
कस्ले देखेको छ
ढुङ्गाका देवताहरुले हिंस्रक बनेर
बलिको रगत पिएको र चोक्टा लुछेको?
त र...... पनि मान्छे
धर्मको आढ्मा हत्या गर्न
अभिप्रेरित छन
अनी तिनै प्रशादरूपी चोक्टाहारु
राक्षस बनेर प्रशादको बहना गरी
लोभि जिब्राहरु लप्लपाएर
लुछ्न मग्न छन ।
अब.... सोंचौ,
मानव मनमस्तिष्क लाई घच्घच्याएर
मान्छेको अपमान मान्छेले किन गरिरहेछन ?
मूर्ती पुज्ने निहुमा हत्यारा
किन बनी रहेछन ?
अनी..... मान्छेलाई विश्वाशको
किनाराबाट पंछाएर
निर्जिव ढुङ्गा किन ढोगी रहेछन ?
हो.... मूर्ती पुज्ने मनहरुले नै
मान्छेलाई घ्रीणा गरिरहेछन
तर फेरी निर्जिव देवताको आस्थाको
अभिप्शामा आँफै राक्षस बनिरहेछन
त्यसैले मूर्ती पुजेर मानवताको
ढोङ पिट्नु र मान्छेबाट नै अमानविय
ब्यवहार पाउनु शायद एकार्काको
पर्याय बनिरहेछ ........../

(अमेरिका )

गजल

केशब आचार्य

बाढी आउंदा जिन्दगीमा,ठुलै भेल तर्नु पर्छ
हिँड्दै जाँदा कहिलेकँहि आँधीभित्र पर्नु पर्छ ।

जित मात्र कहाँ हुन्छ,खेल खेल्दा सधैं भरी
अन्जानमा चिप्लिइदा,केही तल झर्नु पर्छ ।

झुक्किएर ठेस लाग्छ,समतल बाटो हिँडे पनि
नँसोचेको कर्म पनि कहिलेकँहि गर्नु पर्छ ।

जिन्दगीका पलहरु,गाँसी गाँसी बनाएको
ओत लाग्ने सानो धुरी,हाँसी हाँसी सर्नु पर्छ।

(अमेरिका )

लाग्छ फर्कि जाऊ


योगेन्द्र जोगी

हेरू भने हे कान्छी डाडैले छेकिन्छ
नहेरु म त हे कान्छी मनैमा लेखिन्छ
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

बिहानीको मिर्मिरे मै सगरमाथा हाँस्यो
हरियाली हुदा खेरी डाफे चरी नाच्यों
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

अरुण नदी मनकामना हेर्थ्यो घरी-घरी
धेरै राम्रो हुन्थ्यो बर्षा हुदा खेरी
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ

पारी बनमा कोर्इली चरी बिरहको भाका गाउदा खेरी
गयौ मेरो सानु माया मलाई एकलै पर्दा खेरी
मेरो सानो गाऊ
प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ
लाग्छ फर्कि जाऊ

धुपू-१ लेब्रंग
पागल - बस्ती
संखुवासभा
ईमेल -
yogendra.yogen@yahoo.com

मेरो अर्घाखाँची


रामु गैरे

कती राम्रो अर्घाखाँची
हरियाली तेसैमाथी
उत्तर तिर अर्घा अनी दक्षणातीर खाची
बागी खोला सल् सल् बग्यो
छिर्लिङ खोला कल कल गर्‍यो
सीत खोला खल खल गर्‍यो
अर्घा अनी खाची बिच
चुत्रबेशी,सन्धिखर्क रैछ
कुर बाट हेर्दाखेरी झनै राम्रो रैछ
मन्को कुरा पुराइदिने
सुपाकी देउरालीमाइ
आफु सात समुन्द्रपरी भयतापनी
घरपरिबार लाई रक्षा गरे है
त्यस्तो राम्रो गाउ घर छोडि
दुबइमा पस्न लेखेको रैछ
जन्मदा खेरी भाग्यमा लेखेको
भगवान सिबाये कस्ले देखेको रैछ
कुर बाट पारी हेर्दा
मेरो चिउरमटि गाउ
सधैंभरी परिवारसंगै
जिबन भर रमाउन पाऔ
शिर भर सबै दीइ
सबै भगवान माथि
आफ्नै गाउ आफ्नै ठाउँ
रमाइलो लाग्छ आफ्नै अर्घाखाँची

नुवाकोट ४ चिउरामती अर्घाखाँची
हाल दुबइ

तिमी बांच्नै पर्छ नम्रता

चकेन्द्र राई कैदी

खाना नाना र छाना मात्र होईन
मान्छेका आधारभुत आबश्यकताहरु.......।
कसैको, माया, बिश्वास,साथ र सेक्स पनि
आधारभुत आबश्यकता नै मान्नु पर्छ
आजका मान्छेहरुले...........।
उसो भए के गल्ति गरिन त नम्रताले..........?
सामाजीक जघन्य अपराध?
त्यो चौरास्तामा गरिएको कृष्ण लिला थिएन।
त्यहि प्रयोनको लागी रचिएको तमासा पनि थिएन।
यो सुनेर कति भित्र भित्रै लजाय होलान।
कतिले मज्जा लिदै ताली बजाए होलान।
कस्को के लाग्छ र सगै सुतेको साथिले
मस्त निन्द्रामा छुरी हाने पछि.............।
अरुको प्रगती नै आनो मृत्यू माने पछि।
अर्काको बेइज्वत नै आनो परम धर्म ठाने पछि.........।
दुनिया हारेकै त छ आत्माघातीहरु संग.।
उ धर्म राज जस्तै विश्वासको पात्रा
राम जस्तै आदर्श...........।
तर
तेतिन्जेल मात्र.........?
यहा पक्षको कुरा हुन्छ बिपक्षको कुरै हुदैन...........।
फेरी यहा
कौरब र पाण्डबहरुको कथा दोहोरीदैछ।
जुवामा हार्ने पाण्डवहरुको कुरै हुदैन।
जहा द्रोपतिलाई मात्र दोषि ठहराईदैछ।
निर्दोष सीता को यति धेरै चर्चा हुन्छ।
दोषी रावणको कुरै हुदैन..........।
यस्तै छन् हाम्रा सामाजिक मान्यताहरु।
तर
नम्रता बाजी हारे पनी जिवन बाँकी छ।
फेरी पनि तिमी हास्नु पर्छ।
बागमती जस्तो भएर होईन साली नदी जस्तै।
पवित्र भएर तिमी बग्नु पर्छ।
सिता र साबित्रा जस्तै आदर्श भएर बाँच्नु पर्छ।
हो तिमी बाँच्नै पर्छ नम्रता...........

गजल


आचार्य प्रभा

म छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार
अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार ।

तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन
जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार ।

ठान्दछु म मन स्वच्छ भए,पाईन्छ मीठो खुशीको बरदान
कुन इेश्वर हो त्यो जस्ले,रच्यो तिम्लाई गर्दछु म नमस्कार।

हो भावना र चाहनाले रोज्यो तिम्लाई,यस्मा मेरो के दोष ?
थाहा छ मलाई यो पनि,तिमीमा छैन मेरो पूर्ण अधिकार ।

(९/२९/ २००९ साँझ )

अमेरिका