निरीह कैदी


आचार्य प्रभा

मायाको कठ्घरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफि
दिन नै सक्छु,
न त तिमीलाई मनको जेलमा
थुनी रहन सक्छु,
न त निर्दोष ठानी आजाद गर्न नै सक्छु
बस! यो कस्तो अभियोग लाग्यो तिमीलाई
न कहिल्यै मनको हथकडी फुकाएर
छाडि दिन नै सक्छु।
हो तिमीले सजाय भोग्नै पर्छ
मनको चारदिवारी भित्र कैदिको
पर्याय बन्नै पर्छ ,
किन कि तिमी दोषी बन्यौ
मीठो भूल गरेर ,
तिमीमा अभियोग लाग्यो
कसैको मन चोरेर ।
जाउ जहाँ जान सक्छौ तिमी
न्यायको ढोका ढक्ढक्याउन
एलान गर म दोषी हुइन भनेर
त र पनि म तिमीलाई दोषी नै देख्छु
तिम्रो मन र आँखाभरी चोरीको
झलक नै पाउँछु ,
खुलासा गर फेरि पनि
म निर्दोष छु भनेर
त र पनि म तिमीलाई
क्षमाको भिख दिन कँजुसाइ नै गर्छु
किन कि गर्यौ तिमीले
अन्जान भूल,
गड्यो मेरो मनमा मायाको शूल
ल... भन गर्छौ कि त मायाको कबुल?
कि त स्वीकार्छौ
आफ्नो मीठो भुल ?
त र मैले त बन्दी नै बनाएँ
मनको कठ्घरामा ,
अपराधी नै भएपनी मन पराएँ
सुस्तरी सुस्तरी ..........
अनी ठहराएँ आजीवन मायाको दोषी ।

(अमेरिका )

1 comment:

Unknown said...

ramro lagyo tapai ko lekh .mitho chha shada chayan.I ALWAYS REMEMBER YOUR SUITABLE >>>>>>>>>>>>>>