खाडी देश नआउनु है चेलीहरु


चकेन्द्र राई (कैदी)

एउटा नेपालीको आशुले
अर्को नेपालीको मन रुन्छ भने
एउटा नेपालीको दुःखले
अर्को नेपालीको मन छुन्छ भने
भन्नु पर्छ हामी नेपाली हौं भनेर ।
हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर ।
हामीलाई
तुलसी महत्तो को यथार्यले रुवाएको छ ।
डोल्मा सेर्पाको अकल्पनिय दुर्घट्नाले रुवाएको छ ।
धेरै नेपाली चेलीहरु जेलको चिसो छिडीमा
दिनहरु गन्दै सजायहरु काटिरहेको
नमिठो समचारले हामीलाई रुवाएको छ ।
मुटु भरी चोट र मन भरी बेदना मात्र लिएर
नेपाल फर्कनु परेको मायावतिको कथाले
हामीलाई रुवाएको छ ।
एकै पल्ट १५ जना चेलिहरु नेपाल फर्कनु पर्दाको
तितो सत्यले हामीलाई रुवाएको छ ।
हो हामी धेरै पल्ट रोएका छौ ।
किन कि हामी सबै सबै नेपाली नै हौं ।
तपाई भन्नु होला
आफ्नो घर र जन्मभुमी फर्कदा पनि किन रुनु भनेर ।

तर
फर्कनलाई मात्र त गएका होइनन नी ती चेलीहरु ।
कहां गए आफ्नो र परिवारको मिठो सपनाहरु
आफ्नो आत्मा भित्रको सुन्दर कल्पनाहरु
नेपाल फर्कनु भन्दा पहिला
भोक भोकै बिताएका दिनहरु
चिसो भुईमा काटेका रातहरु
दिईएका कठोर यातनाहरु
भोगीएका नमिठो सास्तीहरु
च्यातिएको कपडाहरु
लुटिएका इज्वतहरु
खोसिएका अस्मीताहरु
गरीएका बलात्कारहरु
के यसैका लागी बिदेशिएका हुन त नेपाली चेलिहरु
अनि कस्को मन शान्ति हुन्छ नी
तर जति नरमाईलो लागे पिन
आखिरी म पनि त के गर्न सक्छु र चेली
अलिकति सहानुभुति प्रकट गरि दिन्छु ।
ज्यादा भए दुई थोपा आशु खसाली दिन्छु ।
त्यसैले चेलिहरु
दया नभएका कठोर आत्माहरुमा
मानवता नै नभएको मानव बस्तिहरुमा
तिम्रो कमोलताको र तिम्रो समर्पणको
कुनै अर्थ र मुल्य हुदैन ।
कसैले सुन्दैनन तिम्रो चित्कारहरु
ताल परे चुस्छन निचोर्छन उल्टै बरु
तिमी संग धेरै जिन्दगीहरु जोडिएका छन् ।

खाडी देश तिमीले सोचे जस्तो छैन ।
खोजे जस्तो छैन ।
केहि छ त तुलसीको जस्तो पिडा छ ।
मायावतिको जस्तो दर्द छ ।
डोल्माको जस्तो आशु छ ।
त्यसैले मेरो अनुरोध छ ।
खाडी देश नआउनु है चेलिहरु ।।

(समर्पण ति चेलीहरुलाई जो पराई मुकुलमा लुटिन बाध्य छन् ।)

No comments: