देवकोटा तिमी प्रसाद हौ


आचार्य प्रभा

देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरुले
अझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा श्रीजना अमेय छन।
हाँसी रहेछौ तिमी अटल सूर्य बनेर
नेपाली साहित्यकाशमा ,
बाँची रहेछौ तिमी"मुना मदन"बनेर
हर सर्जकहरुका मानसपटलमा ।
ज्योति थियौ तिमी अलौकिक ज्ञानको
मोती बन्यौ तिमी साहित्यरूपी समुन्द्रको ,
त्यही ज्योति आज
साहित्यको "आभा" बन्यो
त्यही मोती सबको श्रीजनाको माला बन्यो ।
तिमी प्रतीक हौ कबितामय संसारको
पथ प्रदर्शक हौ तिमी सद्भभाव र सह्रिदयताको ,
गर्न सकौं ग्रहण सबले
तिम्रा प्रसादरूपी कबिताका उपदेशहरु
पाउन सकौं सदा तिम्रा अजम्बरी
आत्माका जसहरु ।
तिम्रै श्रीजनामा अमर बने
निश्छल प्रेमीको जोडी "मुना मदन"
तिम्रै भावनामा समान भए
जातीभेद पनि ,
यसैले हामी गर्छौं श्रद्धा
"लक्ष्मी" तिमीलाई आजन्मभरी
तिम्रै चरणमा राख्छौं माथ हामी सधैं भरी ।

(अमेरिका )

No comments: