यो सहरमा छिरेदेखि


र्इश्वर चाम्लिङ

यो सहरमा छिरेदेखि
कुहिरोले छोप्यो मलाइ तुसारोले थिच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

विसाइतमा हिडियो की गाँउको मन दुख्यो
सङ्गालेका सपना-सागर एउटै विना सुक्यो
सहर कस्तो होला भन्थे आज उस्ले किच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

गाउँले माया गाँउले सद्भाब कस्ले दिने यहाँ
जस्को शक्ति उसैको भक्ति चल्दो रहेछ यहाँ
सहर छिर्ने सपनाले सहर भित्रै बेच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

No comments: