जबर्जस्ती गर्नेहरु

नास्तिक ईश्वर

माकुरीले फुलभरि जालो लगाए पछि
बाध्य भई चुम्न झर्ने माहुरीहरु ,
मृगलाई खेदाएर शिकार गर्ने बाघहरु
बल्ल थाहा पाउँछौ खोरमा थुनिदा ।

आस्तिकले बाटोभरि मन्दिर पुजे पछि
क्रोधित भई ढोग्न पुग्ने नास्तिकहरु ,
कुखुरोलाई छकाई झम्टने स्यालहरु
बल्ल थाहा पाउँछौ साँचोमा पर्दा ।

सपेराले बिषथैली झारी दिए पछि
बिणको धुनमा नाच्न थाल्ने सर्पहरु ,
गाउँ पसी विपत्ती मच्चाउने हात्तीहरु
बल्ल थाहा पाउँछौ माउतेले छोप्दा ।

मुसहरले पानी हाली दुलो खने पछि
अत्तालिएर बगरमा दौडिने मुसाहरु ,
किसानको मकै खाने भालुहरु
बल्ल थाहा पाउँछौ चटकेले नचाउँदा ।

लोभी नेताले सत्ताको युद्ध लडेपछि
च्याँ-च्याँ गर्दै सडकमा उत्त्रिने जनताहरु
परिवर्तनको सपनामात्रै देखाउने तन्त्रहरु
बल्ल थाहा पाउछौ फेरी भल्ट्याक्क पल्टदा ।।

No comments: