Thursday, August 05, 2010

नभने निस्ठुरी मलाई


रामु गैरे

तिमीलाई भुलेको कहाँ हो र प्रिय?
सधैं भरी मुटुभित्र नै बसेकी छिउ
ति अतितका क्ष्यणहरुलाई सम्झी
सपनीबाट बिउझदा पनि झसँग झस्केकी छिउ।

बाध्यता नै त्यस्तै पर्‍यो प्रिय निस्ठुरी भनी नभने
बिदेशको जिन्दगी कस्लाई के थाहा?
सालौ बिती गए भनेर मेरो बाटो हेरी
ति दुखी दिन हरुलाई कत्ती पनि नगने।

बिहे भएको दुई महिनै मै तिमीलाई एक्लै छोडि जादा
मलाई पनि त मेरो मन कस्तो कस्तो भईराछ
तिम्रो बेदना पनि थाहा छ प्रिय तिमीले नभने पनि
तिम्रो भित्री मन पनि मेरो जस्तै धुरु धुरु रोइराछ।

तिमी सँग बिदा भई बिदेश तिर लाग्दा केही समय पछी
साथीभाईहरु भन्थे लौ हेर एयरपोर्ट आयो
तर मेरो ध्यान भने कस्तो चिन्तामा थियो
तेसैले त मलाई भने फर्कौ फर्कौ झै लाग्यो ।

1 comments:

dheeraj rathore said...

can u plese send me the meaning of tis blog in hindi