यो कस्तो अभिनय


टेक थजाली मगर

अतिथि गौतम केसिको सारेगम सुनेर
अक्टोपसको अभिनय देखेर
कविको मन न हो एउटा कविता त कोरु भन्छ
विवेक हराउदा देखि ख्याती गुमाउदा सम्म
बिरेनहरु जन्मन छोडेका छैनन
रक्षकनै भक्षक भएपछि
मैनाको चित्कारले पाएन न्याय
नत सुन्तलीको साहसले पायो
पिडित पक्षलाई मानसिक पिडा
शिवाय !
यहाँत मान्छे कुटिन्छन,लुटिन्छन,भुटिन्छन
भक्तमानहरुलाई धम्की आईरहन्छ
नमिता सुनिताहरुको आत्माले पनि
कहिले सम्म धाईरहने हो न्यायलय
पिडितलाई राहत होईन आहत हुन्छ
एक न्यायधिस सदर गर्छ
अर्को न्यायधिस बदर गर्छ
तै चुप मै चुपको बौद्दिकताले
हेलामा बाचेका छन सर्बसाधरण नागरिकहरु

महाशय
कानुन छ तर कार्बाही नभएपछि
जनचाहनाको आस्था माथि दिउसै बलत्कार भएको छ
दु:खको साथ भन्नै पर्छ
सस्तो छ यहाँ अवैध गर्भपतनको लोक प्रियता
सर्बोच्च शिखर सगरमाथा र शान्तिको देशमा जन्मेको मन्त्रालय
अनि
सम्बन्धित निकायहरु
कर्मचारिको शरिरमा पनि बोसो लागेपछि
गरिदैन देश भक्ति भावनाको कदर
नयाँ नेपालमा
हेर त दलाली तन्त्रको स्वतन्त्रता
क्रिक पार्क र सारजाह रोला पार्कमा भोक-भोकै सुताएको

देरा अल होर लान्जमा
हेर त बेरोजगार युवाहरुलाई रुवाएको
धेरै भयो धेरै
कहिले अमेरिका पठाउने डिभीको नाममा
कहिले कोरिया पठाउने चिठ्ठाको नाममा
थाहा छ
बेरोजगार युवाहरुलाई ठगेको छ
भ्रममा पारेको छ बिस्तारवादले
हो नयाँ नेपालमा
सिमितलाई धनि बनाएर
धेरैलाई शरणार्थी बनाएको छ
पूजीवादले ! साम्राज्यवादले !!

यता खाडीको हाउसमेडमा नेपाली चेलीको कथा अर्कै छ
कवि भन्छ तिमी गैरकानुनी हौ
उनिले भने श्रम मन्त्रालयको कागज देखाउछिन
कविको कविता नक्क्ली हो या हाम्रो देशको कानुन
प्रिय पाठक,
कि कवि भ्रममा अभिनय गर्दैछ?
उल्तै उनको प्रश्न थियो
धुम्रपान मध्यपानलाई बहिस्कार गर्ने
हाम्रो देशको क्रान्ति कहा पुग्यो होला
अस्ति भर्खरै
कृष्ण सेन स्मृतिको ब्रिगेडमा
दुई कमरेडको शव फेला पर्‍योरेनी हो?
हो,कविको मन न हो बहकिन्छ यसरीनै
कहिले देउमाया समुन्द्रमा हराएको सूचना
कहिले बबिता थापाको आत्म हत्याको खबर
बल्झिन्छ्न झमक कुमारी र तसलिमाहरुको आत्म कथाहरु

कविले कविता लेख्न खोज्छ
प्रवासीएका धेरै धेरै जिज्ञासु मनहरुले भन्न थालेकाछन
यो कस्तो अभिनय हो कवि ज्यु?


लिले गुरुङ तमुको प्रस्तुति
मेरो कथा मेरो सङ्घर्षको पानाहरु पल्टाउदै
लिलेको जीवन कथा मात्रै होइन
धेरै-धेरै लिलेहरुको कथा समेटिएको कुरा गर्दै
कवि पनि क्रान्तिकारी बन्न खोज्छ र प्याच्च बोल्छ
सारङ्गीको र्‍याई-र्‍याईसँगै
सलाम छ जिज्ञासु मनहरुलाई
सलाम छ लिले गुरुङ तमुका बिचारहरुलाई

कविको अभिनय जारिनै छ
एक हुल महेन्द्र केसीहरु
यही बाटो हिडेका छन
बाँच्नुको अर्थ खोज्दै
सिस्टमको सदुपयोग गर्न
विकासको मुल फुटाउन
वर्ग बिभेदको अन्त गर्न
एकताको माला उन्नुपर्छ भन्दै
नानी,बाबु स्कुल जानु पर्छ है, भनेर सम्झाउने
निर्दोष केटा-केटीको अभिभावक बन्दी छन बन्दी
एक सर्जक तर बेरोजगार गगन
कतै न कतै अवशर पाईन्छकी भनेर
पुरानो साईकलमा कान्तिपुर नगरी घुम्दैछ
यथार्थमा


एक नमुना
यो कस्तो अभिनयको पात्र हो
पुरानो कालो एक छाया यही बाटो हिडेकोछ
आखा लोभि मनपापी शिक्षकहरु
बोर्डिङ पढाउन तिर लागेछन
दु:खले कमाएको सिमित अर्थतन्त्र
कुईरेन कुईरे बन्न थालेको धेरै भो धेरै
बिचरी बुढी आमा ! बिचरा बुढो बाबा !!
अनि गाँउ घरमा बाझो खेतबारीले पनि
काठमाण्डौलाई धिक्कारेको धेरै भो धेरै
साच्चै सिमितलाई मात्रै आफन्त बनाएकोछ काठमाण्डौले
बिहान बेलुकी के खाँउको जमातलाई चिन्दैन काठमाण्डौले
यो कस्तो अभिनय
यहाँको निती नियम अन्धो हुन सक्छ
र त
प्राकृतिक प्रकोप, दैवी प्रकोपले पनि
दुर्गमको गाँउ बस्ति निमुखालाई नै सताउछ
दलित दिन दु;खीहरुलाई बढी रुवाउछ

हाम्रो स्वास्थ्य सुरक्षाको सामग्री घटना स्थलमा कछुवा बनेर पुग्छ
हवाई उडानवाट खरायोले घटना स्थलमा अवलोकन गर्न पुग्छ
कठै ! अकाल मृत्‍युको खबरहरु छापिएको धेरै भो पत्रपत्रीकाहरुमा
समाजवाद,जनवाद,
प्रजातन्त्र,गणतन्त्र र लोक तन्त्रको नारा बोकेर
हाम्रो वातावरणिय सन्तुलन
काला पत्थर देखि कोपनहेगन सम्म नपुगेको कहा होर?
राष्ट्रियताको नाम बेचेर
अनावश्यक खर्च गर्नेहरु यही बाटो हिडेको पनि धेरै भो धेरै

tek_thajali@yahoo.com

No comments: