मेरो वर्तमान


टंक वनेम

भुण हत्याको भागीदार
जूनघाम जुठो पारेको अभियोग
कण्डमले खोसेको बीर्य स्वतन्त्रता
न्यूमेरस नियन्त्रण गर्न नसकेर
आधुनिकताको रङमा रङगिन्दै
सडक नाप्छ पाइतला
घाम हराए पनि
या
जून उदाए पनि
बिज्ञानको पछि पछि
दिन र रातको भ्रममा
जीवन घुम्छ फनफनी
इतिहासका आकर्षक हल्लाबाजहरु
यलम्बर,जङ्गे,देबकोटा
नित्से,गान्धी,फ्रायड
माक्स,डेकार्ते,स्पिनोजा
ब्रेख्त,प्लेटो,सिजीयुङ

ब्रर्टण्ड रसल पनि
परिवर्तनकै चर्खामुनी घुमेका थिए ।

अब
भुणको हत्या नहुने युग जस्तो
जूनघाम जुठो नपरेको आकास
बिज्ञानले नबाँडेको रातदिन जसरी
को बाँच्न सक्छ -
यो वर्तमान भोगेर
बरु
एड्सग्रस्त पुरुषको सम्भोगले
शिथिल बृद्ध बेश्या झैं
बाँची रहेछ
उदाङ्गै आधुनिक वर्तमान ।

त्यही वर्तमानको आकास धर्ती
त्यही चार्मीङ हराएको समय
जन्म र मृत्युको रेखाचित्र
रहर नभरै पनि
पोति रहेछु
आधुनिकताको रङ
लाग्छ-
म बाँच्नुको दिनचर्या
एब्स्ट्रयाक्ट चित्र भएको छ
मानौ त्यो तश्विर
जो कसैले बुझन सक्दैन्
मान्छेले मान्छेको
नबुझे पछि
मान्छे हुनुको संबेदना
ह्यचरी उद्योगले जन्माएको भाले
आधारातमा बास्दा
मेरो अनिंदो रात पनि
उँघेरै बित्ने गर्छ ।

किताब


विक्रम सुब्बा

किताब
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्याहइने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि खण्डमा
कुनै पनि पार्टीको अड्डा
टाँगन घोडाहरू बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
बेभिचारका सन्तानजस्ता फल फल्ने छैन
कतैबाट संचालित कुनै पनि सिल्लीले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ-घर टोल-टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि दफामा
महिलाका स्वच्छन्द आँखा थुन्ने चस्मा हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्ने कसैको आशन निर्माण हुने छैन
स्वदेश गानका धुनहरूको बाढी चल्दा
अपहेलित-दलितहरूको ढुकढुकीलाई पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्याउँने छैन
कर्णालीको नौरंगे डाँफेको पखेटा फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि हरफमा
लिम्बुवानको कोठेवारी कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे चितुवालाई कैद गर्ने पिंजरा हुने छैन
खम्बुवान-अरुणको सुसेली छेक्ने पहरा हुने छैन
तमुवान र मगरात डुबाउँने पाताले छाँगो हुने छैन
थारुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू उडाउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटीउ
उपन्यासको कुनै घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?

किताबको कुनै पनि अनुसूचिमा
मानिसको मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छैन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरूलाई तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीहरूको पठन-पाठन रोक्ने घडी घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?

माटो लाई प्रेम पत्र


काङमाङ नरेश

दुख्यो आमा दुख्यो
मेरो मन भरी
घाउहरु दुख्यो
मेरो माया भरी
डाहाहरु दुख्यो
विश्वास सिंगै
धोकाहरु दुख्यो
एकान्तका दोपवाटोमा
यात्रहरु दुख्यो
फोटो हेर्दै सम्झानाहरु दुख्यो
वालक र वृद्धहरुको पनि त
कयौ मृत्युहरु दुखीरहेको छ
कयौ शान्तिहरु च्यातिरहेको छ
यी सारा कुराहरु सहिनसक्नु
दुखिरहेको छ आमा
अव त मेरो स्वास्थ पनि
सह्रै दुख्न थालेको छ अचेल
यी सारा चीजहरु दुखाएर
म कसरी हस्न सक्छु
म कसरी वाच्न सक्छु
सवै सवैले मलाई
सतिले सरापेको
गरीव माटो भन्छन्
तर पनी
म जन्मेको दिन
तपाईको कारुणीक पीडा
केहि थोपा आशु
केही थोपा रगत
र वावाको दउरा
च्यातेर सिलाई दिनु भएको
भोटोको एक टुक्रा टालो
र एउटा टुकी धागो
समालेर वोक्दै हिडिरहेको छु
खोजीरहेको छु
पीडाहरु टाल्नु
रगतले लतपतिएको स्वातन्त्र संगै
च्यातिएको मनहरु टाल्नु
आमा

दिल्पा नागी भोजपुर
हाल ब्रुनाई
१० ०७ ०५ थाइल्याण्ड

अनवरत यात्रा


एस.के.पूर्वेली

भौतारी रहेछु म
अनवरत यात्रा संगै
चुवा चमेलीको सुगन्ध
खाजी गर्दै
लालीगुरास अनि वुकीफूलको
विछोडसंगै
गगनचुम्वि महलहरुको माझ
हराईरहेछु म
कंक्रिटको संजाल भित्र
फसीसकेको छु
मेरा पाखा पखेरावाट
एक्लिएको मन
झरना र खहरेवाट
प्रताडित म
झरनाको तृष्णा मेटाउन
सामुद्रिक छालहरुमा रमाउदै
खहरेका सम्झनाहरुमा
समुद्रिक विचहरुमा टेक्दै
भौतारीरहेछु म
अनवरत यात्रा संगै
ताइमोसन र सिंमुनको
डाडाहरु घुमिरहन्छु म
कतै मेरो लालीगुरास
पाउछु कि भन्ने आशामा
ताइलाम र क्यासल पिक तिर
वरोवर निक्लिरहन्छु म
कतै चाप अनि वुकि फूलको
सुगन्ध पाइन्छ कि भन्ने आशामा
त्यसैले
गगनचुम्वि महलहरुको माझ
हराईरहेछु म
कंक्रिटको संजाल भित्र
फसीसकेको छु
अनवरत यात्रा संगै

सेन्ट्रलको पानी जहाजमा


हिमकला राई

सेन्ट्रलको पानी जहाजमा
घुम्न जाउ मायालु बीग वुद्ध डाडामा

सपनीमा देख्छु संगसंगै हिडेको
स्टार फेरी डिलमा बसी माया गासेको
मेरो मन बसि सक्यो ति म्रै नजरमा
घुम्न जाउ मायालु बीग वुद्ध डाडामा

माया पाउन गाह्रो छ है दिनु सजिलो
पछि पाउन गाह्रो पर्ला म जति ठाटिलो
कसम छैन अर्को जीवन संगिनी साथमा
घुम्न जाउ मायालु बीग वुद्ध डाडामा

रतन्छा - ७ खोटाङ्ग

रोइरहेकीछिन नेपाल आमा


सोम थापा पीडीत मगर

रोइरहेकीछिन नेपाल आमा
नरोउन पनि कसरी ?
आफ्नै घर आगनमा आफ्नै सन्तानहरुको रगतको आहाल
बनेको देखेर
मनलाई सान्त्वना दिउन पनि कसरी ?
हरपाइलाहरुमा आफ्नैसन्तानहरुको विभत्स लाश भेटेर
त्यसैले त रोइरहेकीछिन नेपाल आमा
भनेकी छिन नेपाल आमाले छोडी देउ ति सवै द्वन्दहरु
आखीर के नै पायौ रगतको खोला बगाएर
दुखि माथि दुखिले नै हत्या गरीरहेछौ
अव कति वनाउछौ विधुवा,सिन्दुरको थोपा सधै सधै पखालेर
त्यसैले त रोइरहेकीछिन नेपाल आमा
नरोउन पनि कसरी ?
यता तिनै अनाथ भई वालवालिकाहरुको र विधुवाहरुको
पीडालाई लिएर हिडेकीछिन नेपाल आमा
थाहा छैन तिनै अवोध वालवालिकाहरु
शिकार पो वन्ने हुन कि फेरी वाचेर
त्यसैले त रोइरहेकीछिन नेपाल आमा
नरोउन पनि कसरी ?
त्यसैले उनी भन्छिन्
दुखिहरुलाई दुखिले नै साथ देउ सुखिले होइन
यसरी एक साथ भई हातमा हात मिलायौ भने
नेपाल आमा फेरी रोएको देखिने छैन

उता तिमी आधा यता छु म आधा

गणेश पराजुली

जीवन र जगत परिभाषा भित्र
अनगिन्ति यात्राहरुलाई निरन्तरता दिदै
एउटा सानो भोगाई संकलन गर्ने काममा
विदेशीएको म
जिन्दगी जीउनुको अर्थमा
जिउन निस्किएको म
सातो हराएको विरामी झैं
घायल अनि विवश मैले
हङकङे जिन्दगीसंग विताएको पनि
अव त पाचौं वर्षलागेछ ।
सात वर्षसम्मको भ्रुणमा रहनु पर्ने वाध्यताको जिन्दगीले
जव ग्लोवलाइजेशनको नाममा
विकशीत देशको नागरिक भै पूनर्जन्म लिनेछ ।
सात वर्षपछिको हङकङ आई. डि. भएको अभियानमा त्यतिखेर
के वेर सायद मैले मेरो पूर्व जन्मलाई विर्सन
मेरो राष्ट्रको सुसूचित नागरिक त्यस वेलाको म
सायद अझ विकशीत राष्ट्रमा अवतरीत हुन के वेर ?
ग्लोवलाइजेशनको नाममा के वेर मैले
विगतलाई भूल्न
खोलाहरु र्फकदैनन् तर मान्छे खोला होइन
मान्छे त समुद्र हुनुपर्छ
मान्छे आकास हुनुपर्छ भन्दा भन्दै पनि
वहने निहुमा म मेरो उच्च अभिलाषाका कारण
मेरो अतितहरु विर्सदै
वर्तमानहरुमा हुइकिने छु कि ?
डर लाग्छ
र डर लाग्छ वर्तमान भन्दा भविष्यको
के थाहा वहदा वहदै दुइ नम्वरको नागरिक हुनुको पीडाले
फेरि सताइएको म
शिथिल मन मस्तिष्कहरु अघि वढ्ने क्रममा जव
पछाडिने छन्
सायद त्यो वेला म आत्तिनेछु हतासिनेछु।
जव मेरो विरामी अनुहार
मेरो पूख्र्यौली खोज्दै
मेरो पूर्व देशको लागि वोर्डिङ पास लिदै हुनेछु
र के सोच्ने छु होला
मेरो विगत सात वर्षो भ्रुण जिन्दगी भएर
उपल्लो नौ महिने न्यानो भ्रुण अनि त्यस पछिको काख
कमी थिएन होला मीठो जिन्दगीको लागि
कमी थिएन होला संसार जान्नको लागि
अनि मात्र सोच्ने छु होला
मृगतृष्णा लिएर कुदनुको अर्थ थिएन
जहा थियौ खुशी नै थियौ
जुन परिवेशमा जियौ त्यो नै संसार थियो
त्यसैले आज आफैले गाएको गीत भएको छ जिन्दगी
उता तिमी आधा यता छु म आधा
भनौ आधा जीवन यता आधा जीवन उता भइ
वाच्न र हास्न गाह्रो हुदो रैछ ।

उडेको विश्वाश'


बि जे बान्तवा राइ

यो देशको दुर्गतिमा खबरदारी गर्नेहरुले
कुर्शिमा पुगे पछी सबै खबर्दारी बिर्सी
बैंकको ब्यालन्स बढाउन थाले पछी
नेपाल लाई स्वर्ग बनाउछु भन्दै
गाँउघरका दुखी पीडित सोझा र निमुखा
जनतालाई फकाउँदै भोट हाल्न वाध्य बनाएपछी
टन्न मत ली चुनाव जितेर
त्यो ठाउमा लाखौं झुठा आश देखाइ
५ बर्षा सम्म आफ्नो बिश्वासघाति मुख लुकाएपछी
यहाँ विश्वाश कस्को रह्यो र ?
शान्ती सुरक्षा कायम गर्ने कसम खाइ
दुखी जनता को झुपडीमा आगोलाये पछी
दुनियाँभर को दाह्रशिङे र बाह्रशिङे खडागरी
शान्तिप्रिया नेपाललाई टुक्रा टुक्रा पार्न खोजे पछी
कस्को हृदयमा ज्वाला दन्किन्दैन र यहाँ
हरेक पल्ट सोझा, दुखी अनी
निमुखाको जिउदै घाँटी रेटिएपछी ।

भोजपुर

रगतको आँशु बहाउँदै


इश्वर चाम्लिङ्ग

कान्छा दाई,
तिमी लाग्यौ अरबतिर,
गरीवी र अभाब निर्मुल पार्ने निदौरो आशाहरु काखिच्यापि
गाँउ नै शुनसान भएथ्यो तिमी नहुँदा।
म पनि आए यतैतिर
बाध्यता र बिवशताको ढिपीले निमुखा आश्वासनहरुको भरपरि
लाग्छ रातदिन सम्भिmरहेछौ हामी त्यहि गाँऊलाई
लाग्छ छातीभित्र सजाईरहेछौ हामी देशप्रेमलाई
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ रातदिन सम्झीरहेछौ हामी त्यहि बनपाखालाई
लाग्छ अविरल गाँउन खोजिरहेछौ हामी झ्याउर भाकालाई
चिट्ठी लेखेको रहेछौ
रगतको आँशु बहाउदै छु भनेर,
सोधेको रहेछौ
शान्ति स्थापना भयो रे, लोकतन्त्र कस्तो छ भनेर।
कान्छा दाई
गरीबलाई शान्ति कहाँ छर ?
त्यो त मात्र भ्रम हो,
भ्रममा नपरे हुन्छ।
देश उस्तै छ,
लोकतन्त्र आयो भन्छन, एक अबोध चिज रहेछ, लोकतन्त्र।
निरीह छ, लडिरहन्छ।
अनि चुपचाप सुनिरहन्छ निर्दोष चित्कारहरुलाई
र टुलु टुलु हेरिरहन्छ बगिरहने निर्धो आँशुहरुलाई
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ हररात देख्न चाहान्छौ हामी ति सुन्दर सपनाहरुलाई
लाग्छ हरक्षण पुकार गर्र्छौ हामी स्थायी शान्ति कायमलाई
तर अफसोच, गाँउ उस्तै छ,
सन्त्रास गाँउतिरै दाऊ पर्खिरहेछ।
गाँऊलेहरु रगतकै आँशु बहाउदैछन्, पिउदै रगतकै आँशुलाई
के रगतको आँशु हो जिन्दगी
के आँशुको सागर हो जिन्दगी ?
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ रातदिन सम्झीरहेछौ हामी त्यहि गाँऊलाई
लाग्छ छातीभित्र सजाईरहेछौ हामी देशप्रेमलाई
सुन्दैछु, हामी जस्ता लाखौ श्रमजिबीहरु छन रे यता,
अमेरिका, हङ्गकङ्ग, बेलायत र जापान तिर
कोरिया, मलेसिया, इराक र अफगानिस्थान तिर
कान्छा दाई,
तिनीहरु पनि हामी झै रगत कै आँशु पिउदै होलान नि।
एकपटक सबैलाई भेट्न पाए नि हुने,
एउटै कथा, एउटै ब्याथा, रगतको आँशु पिउने-बहाँउने।
कस्तो हुन्थ्यो होला क्षण ?
कमसेकम मन त हलुको हुन्यो होला।
कमसेकम मनको बोझ त बिर्साईन्थ्यो होला।
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ हामी आफु स्वयंलाई बेचिरहेछौ
लाग्छ हामी आफु स्वयंलाई घोचिरहेछौ।।
कान्छा दाई,
जब तिमी लाग्यौ अरबतिर
त्यहि देखेर त म पनि आए यतैतिर
खै यो परिबेशले त मलाई निलिरहे झै लाग्दछ,
जसरी अजिंगरले बिस्तारै बिस्तारै निल्दछ जनवारहरुलाई।
कान्छा दाई
टिक्न नसक्ने भए म त, भन म के गरुँ
कान्छा दाई
बिक्न नसक्ने भए म त, भन म कहाँ जाँऊ।
भन, भन्देऊ मलाई कान्छादाई
ति म्रो बाकी जिन्दगी कसरि बिताउने योजना छ
भन, भन्देऊ मलाई कान्छादाइ
साहुको ऋण कसरि तिर्ने बिचार छ ?
घरबारी कसरि उकास्ने बिचार छ ?
मलाई त यी रगतको आँशुले खियाईराखेकोछ
जसरी बगरको ढुंगाहरु खिईदै खिईदै जान्छन्।
मलाई त यी रगतको आँशुले बगाईराखेकोछ
जसरी भदौरे भेलले ठुल-ठुला मुढाहरु बगाउदै बगाउदै लैजान्छन।
खेप्न नसक्ने भए म त यो जिन्दगीलाई
भन म के गरुँ, भन म कहाँ जाँऊ
खेप्न नसक्ने भए म त रगतको आँशुलाइ
भन म के गरुँ, भन म कहाँ जाँऊ

बेलायत, फेब ४ २००८

विश्वमा नेपाल


राकेश कार्की

मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ

हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं

सहयोग भलाई सदविचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र

सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान

लस् एन्जेलस्

अनुतरीत चित्र


प्रतीक चाम्लिङ

जिन्दगी !
एउटा खाली क्यानभास
जहा बांच्नुको अनगिन्ती चित्रहरु
केरमट केरमेट भइरहन्छ
म क्यानभासमा
कूची, रङ्ग र पेन्सिलले
आफ्नै जिन्दगी उतार्नु चाहन्छु
तर
औलाहरु लरबराउछन्
उफ !
कुन विन्दु देखी शुरु गरु ?
जिन्दगीको चित्र कोर्न
हासो देखी ?
अहं !
हाँसो त घाम छायाँ हो
यसको आकृती छैन
आंशु देखी ?
अहँ !
आँशु त पानी हो
यसको आकार छैन
मिठो आकांक्षाहरु देखी ?
अहँ !
आकांक्षाहरु त सपना हो
सपनाको रङ्ग हुदैन ।
जसो तसो
चित्र कोर्छु मधुरो जिन्दगीको
जिन्दगी भरीको वेदना उतार्छु
चित्रमा म आफ्नै जिन्दगी दुख्छु
अहो !
दुखाईको कस्तो रङ्ग पोत्ने ?
कालो, सेतो, रातो, नीलो ?
अहँ !
वेदनाको रङ्ग हुन्न
आहत् पीडाहरुलाइ म
रङ्गीन रङ्गहरुले सजाउन चाहन्न ।
सोचमग्न म
अधुरो चित्र नियालीरहन्छु
रङ्गविहीन चित्र संगै
बेस्कन म दुख्छु
क्यानभासमा अनुतरित म
मेटिदिन्छु म आफैले
क्यानभास फेरी रित्तो हुदै जान्छ
म जस्तै खाली खाली हुदै जान्छ ।

हाल - हंगकंग

वुद्धका निर्मिमेष आँखाहरु


चन्द्र मादेन " आन्छन् "

थरीथरीका मिन्ने मोन्टाजहरु
जनताका आदेश उल्लङ्ग्याउनेहरु
कानुनको अपव्याख्या गर्ने वैरीहरु
निरंकुशिएर ढलिमलीमा रमाईरहन्छन् - १

निर्जिव मानवको लाशको सिनोहरु
कङ्गाल, चोक्टा हड्डी र छालाका होडवाजीमा
स्याल,व्वासा र गिद्धहरु
दुर्गन्धित वातावरणले होली खेलिरहन्छन् - २

छरपष्ट रगतको थेग्लासंगै
भयावह वारुदका मुस्लाहरु
अनिष्ट भयप्रद र त्रासयुक्त
क्रमैसंग प्रार्दुभाव निरन्तिरहन्छन् - ३

कुहिरो मण्डलसंगै टुहुरिएका अवोध वालकहरु
भोको नाङ्गो ख्याउटिएर सुकेका पेटहरु
कोमल हृदयमा करुणामय र मुकदर्शक भएर
अतिशयोक्ति निस्सासिएर वसिरहन्छन् - ४

निर्दोष निश्चल दारुणिक विम्वहरु
श्वास प्रश्वाससरि जिइएका अर्धसजिवहरु
कौतुहल आशाका त्यान्द्रोसंगै
अनवरत गतिमा तिरस्किरहन्छन् - ५

वलत्कृत निश्छल यौवनाहरु
रित्तो सिउदो वोक्ने विधुवाहरु
प्रताडित चित्कारित आवाजसंगै
उन्मुक्तिका निकासामा हतारीरहन्छन् - ६

रातको निस्पट निस्तब्धता जस्तै
अदृश्यिएका प्रमाणहरु
अनगिन्ति मस्तिष्कको क्यान्भासमा
अमिट र अजम्वरी भएर वसीरहन्छन् - ७

कलेटी परेका फुस्रा ओठहरु
दुर्दान्द घट्नासंगै थाकिएका निरासाहरु
समयको मानचित्रसंगै
अनगिन्ति आत्माहरु छटपटाइरहन्छन् - ८

जननी मातृत्वमाथि ध्वङ्स विध्वङ्स मचाउनेहरु
अहङकारको उन्मादले चुलिएका टाली नाइकेहरु
घात प्रतिघात र भयवाद निरन्तरताको
होडवाजीमा हिल्लीरहन्छन् - ९

डढेलो दन्किरहेको धुस्या फुस्या वस्तिहरु
लेक,बेसी,पाखा र पखेराहरु
अनि त्रासयुक्त मुटुका स्पन्दन् भित्र
मृदुभाषी मानव हृदयहरु केड्याउदछन् - १०

अपाङ्गीत,निरीह,असहाय र तिरस्कृतहरु
पिसिएका निमुखा उत्पिडितहरु
एउटा मानचित्र भूगोलको पार्खाइसंगै
क्षितिजको र्स्पर्श खोजिरहन्छन् - ११

थाहा छैन यसको निरन्तरता गन्तव्यहिन
अन्तरविहिन घट्नासंगै
मुकदर्शक वुद्धका निर्मिमेष आखाहरु
शान्तिको खोजिमा भौतरीरहन्छन् - १२

हाल - हंगकंग ,नेपाल - ताप्लेजुङ

"भोलिको मेरो नेपाल"


बि जे बान्तवा

भोली मेरो नेपाललाई लीलाम बिक्री
गरिरहेका हुनेछन, सबै नेताहरु मिली
त्यहाँ हर्षोउल्लाशको बातावरण हुनेछ
जता-ततै बम्-बारुदको झिलिमिली
नेताहरु एक-अर्कामा होडबाजी चल्नेछ
मेरो नेपाल आमाको लीलाम डलरमा हुनेछ
त्यहाँ एउटा जटिल समस्या आउनेछ, त्यहाँको जनताको
एकपटक सबै नेता मिली सोंच्छन तन्-मन लिएर
समस्याको समाधान यसरी निकल्नेछन
तिस- बत्तिस वटा क्रान्तिकारी त भैसके
अरु पनि थप चालिस पैतालिश बनाउँ
यहाँ जनतालाई पारीहल्लेन छन खाली
भोलिको नेपाल एउटा नाङ्गै नाच्नेको देश बन्नेछ
यहाँ ठुला-ठुला बम बारुदको खाना बन्नेछ
असली नसालु पेय पदार्थको भट्टी खोलिनेछ
भोलिको मेरो नेपाल यस्तै एउटा नेपाल हुनेछ
-
भोजपुर

तिम्रो आगमन

बि जे बान्तवा राइ

तिमी आयौ उज्यालो भयो मेरो जिबन,
चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा
नयाँ -नयाँ रोशनी लिएर आयौ
म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ
चेतना बिहिन जिन्दगी यापन गरिरहेथे
खडेरिले पीडित मेरो हृदयमा हरियालिभै दियौ
कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल
कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै
मलाई एक्लै छोडि अब कहीं नजाउ है
मृत्युको सन्देश आयो भने मलाई पहिला पठाउ है
तिमी बिनाको यो दुनियाँ, दुनियाँ हुन्न
तिमी बिनाको जिन्दगी म कल्पनासम्म गर्दिन
लाग्छ मलाई जहिले तहिले आँखामा सजाउ
तिमी जहाँ जान्छौ मलाई उतै लैजाउ
छ कि कतै हाम्रो दुनियाँ स्वर्ग भन्दा पनि टाढा
मेरो धद्कन तिमी, मेरो माया रखिदेउ तिम्रो मुटुमा गाढा

बुद्घ

विमल गुरुङ्ग

शास्त्रीय बुद्घ , बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुवस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
हयाक्सोको काम गर्छ ।

धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
विश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडि राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरु, आँखा हटाएको छर्
धर्मः सिर्फमफिर्याको इन्जेक्सन !
बुद्घ ! सैनिक पोशाक लाउँछौ ??

स्वर्गीय विमल गुरुङ्ग
ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ -बस दुर्घटनामा
कृति कविता संग्रह 'आगो बल्दैछ'

ठुली


इश्वर चाम्लिङ्ग

फक्रिसकेछौ ए ठुली बैशको फूलबारीमा
कस्तो अविरल चाह सबैको
मैले नि सुटुक्क चिहाए
कस्तो निरन्तर चाह यो
आज पो मैले चालपाए
फक्रिसकेछौ ए ठुली तिम्रो त्यो रातो साडीमा
कस्तो बान्कि यो बैशको
मैले नि सुटुक्क चिहाए।

लालीगुराँसको रङ्ग तिमीमा
चन्चलताको चंगा तिमीमा
तिमी मुस्कुराउदा झन चन्द्र तिमीमा
चम्किरहेछौ ए ठुली बैशालु ताराबारीमा
कस्तो सुगन्धित चमक तिम्रो
मैले नि सुगन्ध चालपाए
कस्तो अविरल चाह सबैको
बल्ल पो मैले चालपाए
फक्रिसकेछौ ए ठुली बैशको फूलबारीमा
कस्तो निरन्तर चाह यो
मैले नि सुटुक्क चिहाए

तिम्रो मुहारमा मधुर ज्योती
हेराइ नशालु आँखामा मोती
तिमी मुस्कुराउदै बोल्छौ जब, साङ्गीतिक सुर झै मिठो बोली
गुन्जिरहन्छौ ए ठुली सबैको मनमन्दिरमा
कस्तो सुमधुर झन्कार तिम्रो
मैले नि प्रेमालाप गाईरहे
कस्तो अविरल चाह सबैको
बल्ल पो मैले चालपाए
फक्रिसकेछौ ए ठुली बैशको फूलबारीमा
कस्तो निरन्तर चाह यो
मैले नि सुटुक्क चिहाए
कस्तो लालायित भईसके
मैले नि प्रेमालाप गाईरहे
मैले नि प्रेमालाप गाईरहे

बेलायत, फेब २ २००८

कलम गतिशिल हुनै पर्छ


नन्द घले

खै किन हो
आजकाल कलम सुस्ताए जस्तो छ
पौठेजोरी खेल्दै दिमागि यन्त्रलाई
मूर्त रुप दिन तम्सने कलम
थकाई मारी रहेछ
कलमको जागृतिमा नयाँ जोश ल्याउन
दिमागि यन्त्रलाई
हावाको झोक्काले नफर्फराए पछि
कलम् ,तरुणोभाशमा व्याख्यान कहाँ गर्दो रछ र ?
सम्वेदनशिल खोपडिका रक्त संचारलाई
सिमाना वारपार गर्दै
एउटै आशनबाट हुकुमी शासनको शंख
कहाँ बज्दो रहेछ र ?
त्यसैले
कलमलाई झकझक्याएर नब्यूँताए
ब्यक्ती ,समाज र देशलाई निल्ने
मुसोको रुप धारण गरी
यहाँ स्यालहरुले विगविगी मच्चाउने रहेछन
दूर्बल जनावरको सँगठित भिडलाई
डाइनोसर झैँ इतिहाँस् बनाउने रहेछन यहाँ
अब पनि कलमलाई दिमागले र
दिमागलाई मनले सम्बेदन बनाइएन भने
भोली यहाँ,
निर्धो ब्यक्ति, अशिक्षित समाज र गरीब देशलाई
भूरा माछा, ठूलो माछाको आहारा भए झैं
नाम निशाना नै नरहने गरी मेटाईदिन के बेर ?
कोही आँखा खोल्न प्रयास गर्ने समाजलाई
दिउँसै रात पारीदिन के बेर ?
त्यसै त, देशको सिमा रेखा वरपर सरी रहेछन
बलियाले निर्धालाई पेली रहने छन
निर्धाहरु कर्मको खेल हो भन्दै
भाग्यलाई सरापी रहने छन
त्यसैले ,
राष्ट्र र राष्ट्रीयता भत्काउने भूतात्मालाई परास्त गर्न
कलम अब चनाखो हुनै पर्छ
गोलीलाई माथ गर्ने शब्दका पररा छुट्नै पर्छ
अज्ञानताको पट्टी बाँधी अधेरो तिर धकेल्दिने
दुष्ट फटाहा षड्यन्त्रकारीलाई उजिल्याउनै पर्छ
त्यसैले , अब कलम गतिशिल हुनै पर्छ