माटो लाई प्रेम पत्र


काङमाङ नरेश

दुख्यो आमा दुख्यो
मेरो मन भरी
घाउहरु दुख्यो
मेरो माया भरी
डाहाहरु दुख्यो
विश्वास सिंगै
धोकाहरु दुख्यो
एकान्तका दोपवाटोमा
यात्रहरु दुख्यो
फोटो हेर्दै सम्झानाहरु दुख्यो
वालक र वृद्धहरुको पनि त
कयौ मृत्युहरु दुखीरहेको छ
कयौ शान्तिहरु च्यातिरहेको छ
यी सारा कुराहरु सहिनसक्नु
दुखिरहेको छ आमा
अव त मेरो स्वास्थ पनि
सह्रै दुख्न थालेको छ अचेल
यी सारा चीजहरु दुखाएर
म कसरी हस्न सक्छु
म कसरी वाच्न सक्छु
सवै सवैले मलाई
सतिले सरापेको
गरीव माटो भन्छन्
तर पनी
म जन्मेको दिन
तपाईको कारुणीक पीडा
केहि थोपा आशु
केही थोपा रगत
र वावाको दउरा
च्यातेर सिलाई दिनु भएको
भोटोको एक टुक्रा टालो
र एउटा टुकी धागो
समालेर वोक्दै हिडिरहेको छु
खोजीरहेको छु
पीडाहरु टाल्नु
रगतले लतपतिएको स्वातन्त्र संगै
च्यातिएको मनहरु टाल्नु
आमा

दिल्पा नागी भोजपुर
हाल ब्रुनाई
१० ०७ ०५ थाइल्याण्ड

No comments: