अनवरत यात्रा


एस.के.पूर्वेली

भौतारी रहेछु म
अनवरत यात्रा संगै
चुवा चमेलीको सुगन्ध
खाजी गर्दै
लालीगुरास अनि वुकीफूलको
विछोडसंगै
गगनचुम्वि महलहरुको माझ
हराईरहेछु म
कंक्रिटको संजाल भित्र
फसीसकेको छु
मेरा पाखा पखेरावाट
एक्लिएको मन
झरना र खहरेवाट
प्रताडित म
झरनाको तृष्णा मेटाउन
सामुद्रिक छालहरुमा रमाउदै
खहरेका सम्झनाहरुमा
समुद्रिक विचहरुमा टेक्दै
भौतारीरहेछु म
अनवरत यात्रा संगै
ताइमोसन र सिंमुनको
डाडाहरु घुमिरहन्छु म
कतै मेरो लालीगुरास
पाउछु कि भन्ने आशामा
ताइलाम र क्यासल पिक तिर
वरोवर निक्लिरहन्छु म
कतै चाप अनि वुकि फूलको
सुगन्ध पाइन्छ कि भन्ने आशामा
त्यसैले
गगनचुम्वि महलहरुको माझ
हराईरहेछु म
कंक्रिटको संजाल भित्र
फसीसकेको छु
अनवरत यात्रा संगै

No comments: