रगतको आँशु बहाउँदै


इश्वर चाम्लिङ्ग

कान्छा दाई,
तिमी लाग्यौ अरबतिर,
गरीवी र अभाब निर्मुल पार्ने निदौरो आशाहरु काखिच्यापि
गाँउ नै शुनसान भएथ्यो तिमी नहुँदा।
म पनि आए यतैतिर
बाध्यता र बिवशताको ढिपीले निमुखा आश्वासनहरुको भरपरि
लाग्छ रातदिन सम्भिmरहेछौ हामी त्यहि गाँऊलाई
लाग्छ छातीभित्र सजाईरहेछौ हामी देशप्रेमलाई
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ रातदिन सम्झीरहेछौ हामी त्यहि बनपाखालाई
लाग्छ अविरल गाँउन खोजिरहेछौ हामी झ्याउर भाकालाई
चिट्ठी लेखेको रहेछौ
रगतको आँशु बहाउदै छु भनेर,
सोधेको रहेछौ
शान्ति स्थापना भयो रे, लोकतन्त्र कस्तो छ भनेर।
कान्छा दाई
गरीबलाई शान्ति कहाँ छर ?
त्यो त मात्र भ्रम हो,
भ्रममा नपरे हुन्छ।
देश उस्तै छ,
लोकतन्त्र आयो भन्छन, एक अबोध चिज रहेछ, लोकतन्त्र।
निरीह छ, लडिरहन्छ।
अनि चुपचाप सुनिरहन्छ निर्दोष चित्कारहरुलाई
र टुलु टुलु हेरिरहन्छ बगिरहने निर्धो आँशुहरुलाई
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ हररात देख्न चाहान्छौ हामी ति सुन्दर सपनाहरुलाई
लाग्छ हरक्षण पुकार गर्र्छौ हामी स्थायी शान्ति कायमलाई
तर अफसोच, गाँउ उस्तै छ,
सन्त्रास गाँउतिरै दाऊ पर्खिरहेछ।
गाँऊलेहरु रगतकै आँशु बहाउदैछन्, पिउदै रगतकै आँशुलाई
के रगतको आँशु हो जिन्दगी
के आँशुको सागर हो जिन्दगी ?
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ रातदिन सम्झीरहेछौ हामी त्यहि गाँऊलाई
लाग्छ छातीभित्र सजाईरहेछौ हामी देशप्रेमलाई
सुन्दैछु, हामी जस्ता लाखौ श्रमजिबीहरु छन रे यता,
अमेरिका, हङ्गकङ्ग, बेलायत र जापान तिर
कोरिया, मलेसिया, इराक र अफगानिस्थान तिर
कान्छा दाई,
तिनीहरु पनि हामी झै रगत कै आँशु पिउदै होलान नि।
एकपटक सबैलाई भेट्न पाए नि हुने,
एउटै कथा, एउटै ब्याथा, रगतको आँशु पिउने-बहाँउने।
कस्तो हुन्थ्यो होला क्षण ?
कमसेकम मन त हलुको हुन्यो होला।
कमसेकम मनको बोझ त बिर्साईन्थ्यो होला।
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर
लाग्छ हामी आफु स्वयंलाई बेचिरहेछौ
लाग्छ हामी आफु स्वयंलाई घोचिरहेछौ।।
कान्छा दाई,
जब तिमी लाग्यौ अरबतिर
त्यहि देखेर त म पनि आए यतैतिर
खै यो परिबेशले त मलाई निलिरहे झै लाग्दछ,
जसरी अजिंगरले बिस्तारै बिस्तारै निल्दछ जनवारहरुलाई।
कान्छा दाई
टिक्न नसक्ने भए म त, भन म के गरुँ
कान्छा दाई
बिक्न नसक्ने भए म त, भन म कहाँ जाँऊ।
भन, भन्देऊ मलाई कान्छादाई
ति म्रो बाकी जिन्दगी कसरि बिताउने योजना छ
भन, भन्देऊ मलाई कान्छादाइ
साहुको ऋण कसरि तिर्ने बिचार छ ?
घरबारी कसरि उकास्ने बिचार छ ?
मलाई त यी रगतको आँशुले खियाईराखेकोछ
जसरी बगरको ढुंगाहरु खिईदै खिईदै जान्छन्।
मलाई त यी रगतको आँशुले बगाईराखेकोछ
जसरी भदौरे भेलले ठुल-ठुला मुढाहरु बगाउदै बगाउदै लैजान्छन।
खेप्न नसक्ने भए म त यो जिन्दगीलाई
भन म के गरुँ, भन म कहाँ जाँऊ
खेप्न नसक्ने भए म त रगतको आँशुलाइ
भन म के गरुँ, भन म कहाँ जाँऊ

बेलायत, फेब ४ २००८

No comments: