मेरो वर्तमान


टंक वनेम

भुण हत्याको भागीदार
जूनघाम जुठो पारेको अभियोग
कण्डमले खोसेको बीर्य स्वतन्त्रता
न्यूमेरस नियन्त्रण गर्न नसकेर
आधुनिकताको रङमा रङगिन्दै
सडक नाप्छ पाइतला
घाम हराए पनि
या
जून उदाए पनि
बिज्ञानको पछि पछि
दिन र रातको भ्रममा
जीवन घुम्छ फनफनी
इतिहासका आकर्षक हल्लाबाजहरु
यलम्बर,जङ्गे,देबकोटा
नित्से,गान्धी,फ्रायड
माक्स,डेकार्ते,स्पिनोजा
ब्रेख्त,प्लेटो,सिजीयुङ

ब्रर्टण्ड रसल पनि
परिवर्तनकै चर्खामुनी घुमेका थिए ।

अब
भुणको हत्या नहुने युग जस्तो
जूनघाम जुठो नपरेको आकास
बिज्ञानले नबाँडेको रातदिन जसरी
को बाँच्न सक्छ -
यो वर्तमान भोगेर
बरु
एड्सग्रस्त पुरुषको सम्भोगले
शिथिल बृद्ध बेश्या झैं
बाँची रहेछ
उदाङ्गै आधुनिक वर्तमान ।

त्यही वर्तमानको आकास धर्ती
त्यही चार्मीङ हराएको समय
जन्म र मृत्युको रेखाचित्र
रहर नभरै पनि
पोति रहेछु
आधुनिकताको रङ
लाग्छ-
म बाँच्नुको दिनचर्या
एब्स्ट्रयाक्ट चित्र भएको छ
मानौ त्यो तश्विर
जो कसैले बुझन सक्दैन्
मान्छेले मान्छेको
नबुझे पछि
मान्छे हुनुको संबेदना
ह्यचरी उद्योगले जन्माएको भाले
आधारातमा बास्दा
मेरो अनिंदो रात पनि
उँघेरै बित्ने गर्छ ।

No comments: