उता तिमी आधा यता छु म आधा

गणेश पराजुली

जीवन र जगत परिभाषा भित्र
अनगिन्ति यात्राहरुलाई निरन्तरता दिदै
एउटा सानो भोगाई संकलन गर्ने काममा
विदेशीएको म
जिन्दगी जीउनुको अर्थमा
जिउन निस्किएको म
सातो हराएको विरामी झैं
घायल अनि विवश मैले
हङकङे जिन्दगीसंग विताएको पनि
अव त पाचौं वर्षलागेछ ।
सात वर्षसम्मको भ्रुणमा रहनु पर्ने वाध्यताको जिन्दगीले
जव ग्लोवलाइजेशनको नाममा
विकशीत देशको नागरिक भै पूनर्जन्म लिनेछ ।
सात वर्षपछिको हङकङ आई. डि. भएको अभियानमा त्यतिखेर
के वेर सायद मैले मेरो पूर्व जन्मलाई विर्सन
मेरो राष्ट्रको सुसूचित नागरिक त्यस वेलाको म
सायद अझ विकशीत राष्ट्रमा अवतरीत हुन के वेर ?
ग्लोवलाइजेशनको नाममा के वेर मैले
विगतलाई भूल्न
खोलाहरु र्फकदैनन् तर मान्छे खोला होइन
मान्छे त समुद्र हुनुपर्छ
मान्छे आकास हुनुपर्छ भन्दा भन्दै पनि
वहने निहुमा म मेरो उच्च अभिलाषाका कारण
मेरो अतितहरु विर्सदै
वर्तमानहरुमा हुइकिने छु कि ?
डर लाग्छ
र डर लाग्छ वर्तमान भन्दा भविष्यको
के थाहा वहदा वहदै दुइ नम्वरको नागरिक हुनुको पीडाले
फेरि सताइएको म
शिथिल मन मस्तिष्कहरु अघि वढ्ने क्रममा जव
पछाडिने छन्
सायद त्यो वेला म आत्तिनेछु हतासिनेछु।
जव मेरो विरामी अनुहार
मेरो पूख्र्यौली खोज्दै
मेरो पूर्व देशको लागि वोर्डिङ पास लिदै हुनेछु
र के सोच्ने छु होला
मेरो विगत सात वर्षो भ्रुण जिन्दगी भएर
उपल्लो नौ महिने न्यानो भ्रुण अनि त्यस पछिको काख
कमी थिएन होला मीठो जिन्दगीको लागि
कमी थिएन होला संसार जान्नको लागि
अनि मात्र सोच्ने छु होला
मृगतृष्णा लिएर कुदनुको अर्थ थिएन
जहा थियौ खुशी नै थियौ
जुन परिवेशमा जियौ त्यो नै संसार थियो
त्यसैले आज आफैले गाएको गीत भएको छ जिन्दगी
उता तिमी आधा यता छु म आधा
भनौ आधा जीवन यता आधा जीवन उता भइ
वाच्न र हास्न गाह्रो हुदो रैछ ।

No comments: