रुख ढलेको छैन


केदार सँङ्केत

इतिहासको पाना पल्टाएर
एकथरीले लेखे / भने
उहिले उहिले
सवैल हाम्रो गाँउमा रुख मौलाएको कुरा
दरो जरा गाडेको कुरा
त्यो रुखको बिगतका हांगाहरुबाट
अमृत फल फल्दै गर्दा
पटक पटक
बिसाक्त फल फलेको कुरा
भाच्चिएको र लछारिएको र पछारिएको
तर कहिल्लै जरा नउखेलिएको कुरा
अर्थात काटेर नफालिएको कुरा ।
अर्का थरीले लेखे / भने
हेक्का राखेस्
रुख ढलेको छैन
रुख उखेलिएको छैन
- मात्र पात झरेको छ
- मात्र फल कुहिएको छ
- मात्र केही हांगाहरु लछारिएका छन्
यदि रुख ढलेको भए
रुखको जराहरु पनि उखेलिनु पर्ने हो
त्यो भएको छैन
गाउलेहरु यस्तै भन्छन्
गणतन्त्रले मात्र हाम्रा गांउमा
नयां मुजुरामए रुख
के रोपिन्थ्यो र ??
किनकि यहा
एउटा रुख ढलेपनि
अरु थुप्रै बुढोरुखहरु ढलेकै छैनन् ।

No comments: