Friday, June 06, 2008

गजल


भुपेन्द्र महत

खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो

शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो

स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो

बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो

दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो

कोलोराडो, अमेरिका

0 comments: