अभियान


टंक सम्वाहाम्फे

हामी अहिले अभियानमा छौ
कसैलाई थाहा होला
कसैलाई नहोला
के कस्तो अभियानमा छौ भनेर
तर हरेक मान्छे
कुन न कुनै अभियानमा
जुटी रहेकै हुन्छ
अभियान
वास्तवमा संकल्पको यात्रा हो
विश्वासको गोरेटो हो
कसैले नगरेको हुन सक्छ
संकल्प
कसैले नवुझेको हुनसक्छ
दायित्व
तर त्यसले जिवन पाए पछि
स्वतह अभियानमा
सम्मिलीत भै सकेको हुन्छ
कसैलाई व्यस्तताले
थाहा नहोला
कसैलाई वास्तै नहोला
कि जिवन
कुन अभियानमा छ भनेर
तर जव हामी अभियान छौ भनेर
थाहा पाउछौ
तव संकल्पको शुरुआत भैहाल्छ
जिवन यात्राको
अनेकौ मोडहरुमा
आट भरोसाहरु वाधेर
संकल्पले वाधिदा
दायित्व आफै वढीदिन्छ
उत्साह आफै जन्मीदिन्छ
अथवा अभियानले
अभियानको सुरुआत गरीदिन्छ
किनभने संकल्प छैन भने
दायित्व पनि हुदैन
दायित्व र संकल्प नै छैन भने
जिवनै हुदैन
त्यसैले हरेक मानिससंग
संकल्प हुन्छ
र संकल्पसंग सपनाहरु हुन्छन्
कसैलाई लाग्दो हो
अभियान नचलाए पनि
जिवन चलिरहन्छ
तर त्यसलाई त्यहि कुरा
थाहा नभएको हुन सक्छ
कि जिवन नै अभियान हो भनेर
तर बाच्नुसंग सम्झौता गर्दा
अभियान
अभियान जस्तो नलाग्न सक्छ
तर अभियानले
थाहा नपाउनेको जिवनलाई पनि
अभियानमा डोर्याई रहेको हुन्छ
त्यसकारण
कसैले अभियानमा
र्छुइन भने पनि
कसैले दायित्व
छैन भने पनि
कसैले संकल्प
गर्दिन भने पनि
उ अभियानमा जुटेकै हुन्छ
उ दायित्वले थिचिएकै हुन्छ
उ संकल्पले वाधिएकै हुन्छ
अभियानको
आभाष नहुनेलाई
दायित्ववाट मुक्त
भए झै लाग्दो होला
दायित्वको वोझ
थाहा नहुनेलाई
संकल्प नगरे झै लाग्दो होला
तर थाहा नहुनुमा पनि
उसको अभियान चलिरहेकै हुन्छ
तसर्थ हरेकसंग
अभियान हुन्छ
दायित्व हुन्छ
संकल्प हुन्छ
कसैलाई थाहा होला
कसैलाई नहोला
त्यो वेग्लै कुरा हो
तर अभियान भने सवैको
निरन्तर चलिरहेकै हुन्छ

No comments: