बाध्यता कि बाहाना या चाहाना ???


स्यानु पाईजा

हामीले बयान गरेको अर्को लाँली गुराँशको
फुलहरु बोन्साई मा उकुश मुकुश फुल्दैछ
आधुनिकता भित्र हराएका मान्छेहरुको मोह
गुराँश फुल्ने पहाडहरुमा होईन, गमला मा छ
मानव रहर र परिक्षणमा तड्पीएका बनस्पतिहरु
लिष्ट नै बन्दैछन,
बोन्साई मा फलेका सुन्तला,
कागती, निमुवा, स्याऊ हरु
क्रिसमस मा किनिने गुडलक रुखहरु
महलमा सजिने मनि प्लान्टहरु
तातो पानीको सुगन्ध हरायो रे
सुनगाभा बगैचा मा फुल्दछ
यार्सागुम्बा पनि एक दिन हिमधरहरुमा ऊम्रने छ
बिदेश नपुगि बेरोजगार हुने नेपालीमन जस्तै
बेरोजगार यहाँको जडिबुटी ,बिदेश नपुगेर के गरुन
लाली गुराश बाटै भरि टेकिदा शिव शिव
एक दिन बिदेश बाट आयतित जुसमा
लाली गुरासको लोगो ,रंग र स्बाद भेट्ने छौ,
नेपाली दिमाग मा सृजनाको ठाउँ छैन
हुनेहरुको पनि नेपाल मै पोख्ने मन छैन
धरवार बन्धकी राखेर, बिदेश नुपग्ने गाउँ छैन
एक दिन हामी भन्ने छौ, आफै सँग
कुनै बेला मेरो देश थियो,
आफ्नै घर थियो, हलगोरू र बारीको मालिक थिए ।
ऊहिले गरिब मालिक थिए
अहिले धनी / गरिब नोकर छु ।

No comments: