मेरेा देश


चन्द्र मादेन 'आन्छन्'

मेरो देशमा ठिङ्रिङ्ग उभिएको
मौन स्तब्ध सगरमाथा छ
मेरो देशमा वोधिसत्व वुद्धका
दुर्दान्त पदचाप छ
मेरो देशको वग्रेल्तीहरुमा
अरनीको जिजिविषा छ
मेरो देशको मान चित्र भित्र
यूगान्तकारी वीरङ्गाना छ ।
प्रकृतिको शुन्दर छटाले
मेरो देशलाई
स्वर्गकी परि वनाएकी छिन्
टलक्क टल्केकी
माछापुछ्र्रे अन्नपूर्ण र कञ्चनजङघामा
भीमकाय प्रतिविम्बले रहलिएकी छिन ।
अनि
गण्डकी धौलागिरि र कुम्भकर्ण
सुमेरु पर्वत सरिका
मेघ छुने टाकुराहरु
मेरो मनका फाँटहरुमा वसेका छन् ।
देउराली भन्ञ्याङ
थुम्की र वस्तिहरु
तर्राईका समतल चुरेभावर हरियालीहरु
मेरा मस्तिस्कका
क्यानभासमा बसेका छन् ।
जैविक विविधता एवं
अलैची चिराइतो र
यार्सागुम्बाको गुनिलो खानीले
मेरा क्षितिजमा निर्विघ्न
लाली गुरास फूलेका छन्
सक्दिन म सिमित खेस्राभित्र
मेरो माटोको दुर्दान्त वर्णन गर्न ।
जहाँको ढुङ्गा र माटोमा टेक्दै
मेरा खुट्टाहरु वलिया भए
जहांको अन्न र जल पिएर
मेरा अवयहरु विकसीत भए
जहाँको धर्तिमा पैदा गरेर
आदरार्थी विजारोपण गरेका थिए ।
प्रसव वेदनाले छटपटाएकी
मेरी मातृत्वको शिरमा
सेतो परेवाले ढाकेको
घुरघुराएको हुनै पर्दछ ।
नतमस्तक कुन्ठित मानवसागरहरुलाई
काम र मामको आमोद अनुभति
दिलाउनै पर्दछ ।
कलपूर्जा उधोग धन्दाको इन्द्रीयहरुले
उजाडिएर तिर्खाएको
धर्तिलाई छुनै पर्दछ ।
उजाड बग्रेल्तिका
उपेक्षित अकर्मण्यताहरुले
सवलाङ्ग पाखुरीहरु
चलायमान पार्नै पर्दछ ।
विप्ल्याटो मनस्थितिका
पीपासु कारिन्दाहरुले
मानविय मुर्तरुप आलोकको
सिमारेखा कोर्नै पर्दछ ।
अनकन्टार लेक वेशी
खोंच र भिर पाखाहरुमा
मोटरका असङ्ख्या माङाहरु
रगडिनै पर्दछ ।
पूर्ण निस्पट सन्नाट छाएका
झ्याउकीरीका दियालो वस्तिहरुमा
विजुलीका गुलुपहरु
नित्य ताराहरुझैं चम्किनु पर्दछ ।


(यो कविता गत ११ नोभेम्बर २००८ का दिन पोख्रेली झयालव्दारा आयोजित प्रतियोगितामा उत्कृष्ट पाँचमा छनौट भइ पुरस्कृत भएको कविता हो)

No comments: