मोहन सिटैाला
मेरी प्रियसीले पानीमा पौडी खेलेजस्तो
सृष्टिको महासागरमा अस्तित्वबोधले
पौडि खेलिरहेको अवस्थामा
भूकभूकेको मिर्मिरेमा आफ्ना पवनमयी पथ
आफैंले बोकेर उड्दै र बुड्दै
बालसूर्यका गुलावी र गुराँसे औंलाहरू
पूर्वी क्षितिजबाट छलांग मारिरहेका थिए
चाकाचुलि खेलमा मेरा बालाहरु माथि उठेजस्तै
एका विहानै मेरो चेतना
ओछ्यानबाट जुरुक्क उठेर
संघारमा हेर्यो
अनि
झ्यालबाट बाहिर हेरेर भन्यो-
' यात्रा अझै बाँकी छ’
विश्वचेतनाका अन्तर्दृष्टिको,
शिवजीको तेस्रो नेत्रको
कमलनयनका कल्याणकारी दृष्टिको
मावताका प्रतिमूर्तिको
त्यो भन्दा अझ वर माटो र मुटुको
न्याय, विवेक र करुणाको
विश्वसमानताका अधिकारको
यात्रा अझै बाँकी छ विश्वविहारको
मेरा भाव र भाषाहरु यिनै नेपाली महिमा बोकेर
यिनै उद्देश्यमा लम्किरहेछन् निरन्तर
डिसेम्बर १०, २००८
No comments:
Post a Comment