पत्रसाहित्य भाग - ४

प्रिय क्रिसा
गतिशल समयको प्रवाहसंगैको गतिमय जीवनको अनेक अभिवादन ।
मानिसको जीवन मात्र नभएर सम्पूर्ण प्राणी र वनास्पति जगतलाई नै समयको प्रवाह अथवा प्रारुपको रुपमा लिन सकिन्छ । किनकी सारा प्राणी र वनास्पति जगतलाई समयले निरन्तर डोर्याई रहेको हुन्छ । संसारमा समयले अनेकौं कुराको उत्पति वा सिर्जना गर्दछ र त्यसलाई लोप पनि गराउँदछ । हरेक प्राणी,वनास्पति र अन्य वस्तुहरुको यस संसारमा रहने आयुको पनि निर्धारण गर्दछ । सम्पूर्ण प्राणीको,वनास्पतिको वा वस्तुको संरचना अन्तर्गत त्यस्को उपस्थितिलाई समेट्दछ । मानिसले यी प्राकृतिक चिजहरु भन्दा वढी आजभोलि कृतिमतामा बिश्वास गर्न थालेका छन् । हुनपनि हामीले किन बिश्वास नगर्ने किनकी कृतिम बस्तुहरुले हामो माग,इच्छा,चाहना,आवश्यकतालाई पूर्ति गरीदिएको छ । त्यति मात्र नभएर विलाशीताका हरेक बस्तुहरु कृतिमताले पैदा गरीदिएको छ । त्यसकारण मानिस हरेक दिन कृतिमतामा निर्लिप्त भएर लागेका छन् । आजको नयाँ नयाँ आविष्कार सबै प्रकृतिले नै दिएका उपहारहरु हुन् । विना प्रकृति ती खोज,अनुसन्धान पूर्ण हुँदैनन् । मात्र हामी कर्ता भएर आएका छौ । जो गर्छौ,भन्छौ,देख्छौ,भोग्छौ ती सबै यहि जगतमा विद्यमान भएका चीज वा विषयबस्तुहरु हुन् । तर नगर्दा,नखोज्दा,नजान्दा,नदेख्दा सम्म हामी ती कुराहरु अनुभव गर्न सक्दैनौ । हाम्रो मस्तिष्कले पनि थाहा पाउँदैन कि चीज वा विषयबस्तुहरु यहाँ छन् भनेर । अनभिज्ञतामा जीवन विताई रहेका हुन्छौ । यी सबै चीज वा विषयबस्तुहरु थाहा पाउँन खोज्नुले नयाँ आविष्कारको सुरुआत हुनु हो । आविष्कार प्रकृति र कृतिमताको मिलन विन्दु पनि हुन सक्छ । किनकी त्यो हिजो उपयोगीतामा नआएको बस्तु खोज,अनुसन्धान र आविष्कारले मानवपयोगी बनेको छ । यसरी हाम्रो खोज,अनुसन्धान र आविष्कारले कृतिमता बाँच्ने,रमाउनेर बिश्वास गर्ने भएका छौ । किनकी हामीले चाहेका अनेकौ कुरा कृतिम बस्तुहरुले पुरा गरिदिएको छ । तर त्यहाँ प्राकृतिक कुरा जोडिएको हामी विर्सी दिन्छौ र आफ्नै लयमा हुइकिन्छौ । भन क्रिसा आजका मानिसहरु किन यति धेरै कृतिमतामा बिश्वास गर्छन् ? के तिमी पनि कृतिमतालाई नै बढी मान्यता दिईरहेको छौ ? जुन कृतिमता मानिसको लागि मात्र नभएर प्राणी,बनास्पति र जगतलाई नै हानीकारक छ । आफ्नो चाहनाहरु,इच्छाहरु पूर्ति गर्न मानिसहरु जति जोखिम पनि वहन गर्न पछि परेका छैनन् । के त्यहि चाहना,इच्छा,माग,आवश्यकता,सपना,उदेश्य पुरा गर्न क्रिसा तिमीले पनि आफ्नो जीन्दगीलाई बाजी राख्न खोजीरहेछौ जोखिमतासंग ? वास्तवमा त्यो गलत सोच र कार्य हो ।
आज तिमीलाई महसुस वा अनुभव भैरहेको होला । कृतिमताले मानिसको जीवनलाई मात्र नभएर प्राणी,बनास्पति र जगतलाई कति समस्याग्रस्त पार्दो रहेछ भनेर । कति कठिन,जोखिम भोग्नु पर्दोरहेछ भनेर । हिजो ती जोखिमहरु,समस्याहरु नउठाउँदा सम्मको समय र अहिलेको कष्टमय र कृतिम समयलाई तुलना गरी हेर । कि ती समयहरुमा के,कति र कस्तो भिन्नता पाउँछौ । समय गतिशील र वेगवान हुन्छ । त्यहि गतिशील र वेगलाई उपयोग,उपभोग गर्न सक्यौ भने मानिसले नसोचेको फड्को मार्न सक्दछौ । तर समयको गतिशील र वेगलाई वास्ता गरेनौ भने हामी पाश्चताप भन्दा अरु केहि गर्न सक्दैनौ । आजका मानिसहरु चरम कृतिमताको उपभोगले विलाशी बन्न पुग्दा प्रकृति कै बिरुद्धमा उभ्ने भएका छन् । जीवन नाशवान हुन्छ भनेर आफैले मात्र सम्पूर्ण कुरा भोग्न खोज्नु नै गलत कार्य हो । आफुपछि पनि अरु पीडीहरु हुन्छन् उनीहरुको लागि पनि केहि गर्नु पर्छ भन्ने सोच आजका मानिसहरुमा हराएर गएको छ । यो सोचमा क्रिसा तिमी पनि उभेको हुन सक्छौ तर त्यो आफ्नै विरुद्धको काम हो । प्राणी,बनास्पति र जगत कै बिरुद्धको काम हो। आफ्नै बिरुद्धमा उभेर रमाउँन खोज्नु आजका मानिसहरुको नियत बनेको छ । त्यसैले क्रिसा अव तिमीलेयी जोखिम कामहरुको बिरुद्धमा लडाई लड्नु पर्दछ । किनकी थोरै सन्कि स्वभावका मानिसहरुले लाखौ,करोडौ अनभिज्ञ र सर्वसाधरणको भविष्यमा खेलवाड गरी रहेका हुन्छन् । जनचेतनाको बिजारोपण गरेर एउटा सुन्दर संसारको निर्माणमा तिमी सदैव उभ्नु,जुट्नु पर्छ । यो नै यो सुन्दर संसारको लागि,मानिसको लागि,प्राणी र बनास्पतिको लागि महत्वपूर्ण काम हो ।
समयसापेक्ष बन्ने हैसियतले आज हामी निर्धक्क विनासमा,लडाईमा धकेलिएका छौ । पशुप्राणी र बनास्पतिको त कुरा छोडी दिउ आफु जस्तै निरीह र निर्दोष मानिसहरुको सिकार गर्न माहिर भएका छौ । उनीहरुलाई सिध्याएर आफु मात्र बाँच्न,राज गर्न खोज्दछौ । यहि कुनियतले,विनासकारी सोचले, अतिक्रमणले अभावहरु सिर्जना हुन्छन् र गरीदिएको छ । त्यहि अभाव,अतिक्रमणले यो जगतबाट कति प्राणी र बनास्पति सदाको लागि लोप भएर गएका छन् । साथै अन्य रहेका प्राणी र बनास्पति लोप हुने क्रममा रहेका छन् । यी सबैले बाँच्न दिनु र बचाउँनु हामी मानिसको कर्तब्य हो । जोखिमपूर्ण समय र परिस्थिति यसरी नै लम्बिदै जानु हो भने पशुप्राणी,जीवजन्तु,बनास्पति मात्र होइन मानव जाति नै यो संसारबाट ती प्राणी र बनास्पति झैं विलुप्त हुन सक्दछ । त्यसैले क्रिसा समयमा नै संरक्षण,सम्बर्द्धनको अभियानमा जुटेनौ भने दुर्गतिहरु भोग्न त्यति लामो समय कुर्नु पर्दैन । जीवन,जगत,प्राणी,बनास्पति,जलवायु,समय एउटै रेखामा रेखाङकीत भएका हुन्छन् । तर कति कुराहरु थाहा भएर पनि आफ्नो सजिलोको लागि ती हिंस्रक र बिनाशकारी काममा लाग्दछौ । त्यसकारण क्रिसा समयमा नै जीवन,जगत,प्राणी,बनास्पति,जलवायुलाई कृतिमता र विनासबाट बचाउँनु पर्दछ । अव तिमीले सबै मानिसहरुको चेतनामा यहि मन्त्र जगाउँनु पर्दछ । नत्र समस्याको ठुलो भुमरीमा थाहै नपाई फस्न सक्दछौ ।

No comments: