पत्रसाहित्य भाग - ११

प्रिय क्रिसा
यथार्थ जीवनको अनेकौं पाटाहरुबाट जीवन जीउँन र भोग्नुको सुमधुर अभिवादन ।
हामीले जीवनलाई सोझो रुपले हेर्दा वा चिहाउँदा एउटै र उस्तै जस्तो देख्न पुग्दछौं । तर जव भोगाईका क्रमहरु,श्रृङखलाहरु सुरु हुन्छन् तव जीवनले भोग्नु पर्ने,देख्नु पर्ने,टेक्नु पर्ने मात्र नभएर केलाउँनु पर्ने यथार्थका पक्षहरु,पाटाहरु,विषयहरु रहेछन् । तिनै विषयवस्तुहरुलाई सरल तरीकाले जीवनयापनमा लागू गराउँन समाजका,देशका,बिश्वका बुद्धिजिवी,विचारक,दार्शनिक,राजनितिज्ञ र बैज्ञानिकहरु लागि परेकाछन् । नयाँ खोज,अनुसन्धान,अध्यायनले मानिसका गुण अवगुणसंगै आउँने अनेकौ नयाँ रहस्य पत्ता लाग्दै गएकाछन् । र बाँकी धेरै कुराहरु अझै रहस्य मै पनि छन् । ती विषयवस्तुहरु,खोज,अनुसन्धान र अध्यायनहरु नयाँ समयका नयाँ पिडीहरुलाई हुन् । आजसम्म पत्ता लागेका वा थाहा भएका विषयवस्तुहरुले,खोज,अनुसन्धान र अध्यायनहरुले हाम्रो जीवनलाई अगाडी बढाउँन ठुलो सहयोग पुगेको छ । जुनवेला मानिसहरुले प्रविधीहरु थाहा नपाउँदा वा नजान्दा जीवन रक्षाको लागि हरेक दिन त्रसीत हुनु परेको थियो। यी आदी इत्यादी कुराहरु हाम्रै मानव विकासको इतिहासलाई अध्यायन गरे थाहा पाउँन सकिन्छ । तर आज ती पुराना दुख,दर्द र अध्यारो पाटो नयाँ चिन्तन,खोज,बिचार,अध्यायन र अनुसन्धानले पुरी दिएको छ । बैज्ञानिक सोच, खोज,बिचार,अध्यायन र अनुसन्धानले नयाँ आयाम र समयमा प्रवेश गराएको छ । हिजोका ती क्षणहरुलाई इतिहास वा दस्तावेजको रुपमा मात्र हेर्न सक्दछौ । हुन त मानव बिकासक्रमलाई नियाल्ने हो भने त्यो प्रागइतिहासलाई पल्टाउँनै पर्ने हुन्छ । तर आज यो हाम्रो विश्वमा, परीवेशमा नयाँ रङगको चमक देख्न थालिएको छ । जुन रङग मानिसको लागि उपयुक्त छ । त्यहि उपयुक्ततालाई आफु सुहाउँदो बनाएर प्रयोग गर्न चाहन्छौ । किनकी मानिस त्यस्तो प्राणी हो जो यस ब्रम्हाण्डमा रहेका अन्य प्राणीहरु मध्ये सर्वश्रेष्ठ ,शक्तीसाली र विवेकी हो । किनभने अन्य प्राणीमा मानिसको झैं ज्ञान र विवेक हुँदैन पनि । त्यसैले मानिसको तुलनामा अन्य प्राणीहरु आउन सकेनन् । जीवनको स्वतन्त्र भोग्नु र त्यसपछि मृत्युलाई अङगाल्नु ती अन्य प्राणीहरुको नियति बनेको छ । हो त्यसैले त क्रिसा मानिस भन्दा अन्य प्राणीहरु पशुको रुपमा गनिए । हामी मानिस अनेकौ रुपले भिन्न छौं । किनकी मानिसमा म तिमी र हामी भन्ने कुराको प्रत्यक्ष ज्ञान हुन्छ । यहि कारणले गर्दा नै मानिस पशु भन्दा माथि भएको हो ।
यहि कारणले गर्दा ब्रम्हाण्डमा भएका सारा प्राणीहरुलाई आफ्नो कब्जामा राख्न मानिस सफल भएको छ । यो हामी सवैले थाहा पाउँदै आएको लामो इतिहाँस हो । हाम्रा पूर्खाहरुले ब्यहोरेको त्रासदपूर्ण जीवनयापनलाई परास्त गरी सकेका छौं । हामी अहिले एउटा अर्कै समय,परीवेश,परिस्थिति,अवस्था,युग भोगी रहेकाछौं । त्यसैले मानव जीवनलाई मानिसले नै अध्यायन गर्नु वा अध्यायन क्षेत्र बनाउँनु भनेको मानवियताको अवलोकन गर्नु हो । खास गरेर हामी सवै ब्रम्हाण्डका मानिसहरु मानवियता चाहन्छौ तर त्यो मानवियता आजभोलि पाउँन छोडीएको छ । त्यो मानिसको नसकरात्मक पक्ष हो सकरात्मक पक्षलाई नियाल्ने हो हरेक दिन प्रगतीको मार्गमा दौडीएको पाउँछौ गतिशील रोक्दै नरोकिने नदि झैं । कहिँ कतै रोकिएको छैन सायद रोकिँदैन पनि होला । त्यसैले त जीवनका अनेकौं पाटाहरु,घुम्तिहरु देख्दैछौ,भोग्दैछौ । यदि मानिसले जीवनलाई अध्यायनको पाटा,पक्ष वा विषय नवनाएको भए हाम्रो अवस्था यो स्थितिमा अवश्य आईपुग्ने थिएन । यहाँ सम्म आईपुग्न जान्नुलाई नै मानिसले आफ्ना सारा चुनौतिहरु थाहा पाउँदै आउनु हो । मानिसका हरेक नयाँ विषयका बैज्ञानिक परीक्षणहरु सफल हुँदै गएकाछन् । त्यो सफलताले हाम्रो हरेक पाईलालाई अगाडी बढाउँन मद्दत गरेको छ । अध्यायन क्षेत्र जति फराकिलो हुँदै जान्छ उति नै मानिसले पाउँने विषयबस्तु र उपलब्धिको दाहेरा फराक भएर जान्छ ।
आज हामीले यस्तो जीवन भोग्न,सुन्न,देख्न,जान्न यहि नयाँ उपलब्धि र बिकासले पाएका छौ । किनकी हामीले हाम्रो जीवनको लक्ष्य,उदेश्य,सपना र गन्तब्यलाई अन्दाज गर्न सक्ने भएका छौ । जस्ले गर्दा अव मैले वा हामीले कतिको रफ्तारमा कार्यलाई वा यात्रालाई अगाडी बढाए त्यो काममा पूर्णता पाउँन सक्छ भन्ने कुराको मापन गर्न सकिने अवस्था आईसकेको छ । सायद त्यसैले होला जीवन जीउँनको लागि अनेकौ सफल योजनाका खाकाहरु तयार पार्दछौ । अनि जीवनमा सहजरुपले प्रक्षेपण गर्न तम्सिन्छौ । समयको जटिलता र कठिनाई हाम्रो अनुभव र अध्यायनले प्रस्तुत गरी दिएको छ । हिजो ती कुराहरु,बिषयबस्तुहरु सोचिन्नथ्यो तर आज हामीले वा मानवले नयाँ खोजी वा आविष्कारको लागि आफ्नो कर्मक्षेत्र बनाएका छौ । कल्पनालाई साकार रुप दिन जोडतोडका साथ अगाडी बढीरहेको हुन्छौ । कैयौं त्यस्ता बिचारहरु,सोचाईहरु जीवनको लागि उपयोगीता लिएर आईदिएको छ । क्रिसा वास्तवमा जीवनलाई सार्थक तुल्याउँन मेहनत,परिश्रम,निरन्तरताको खाँचो पर्दोरहेछ । किनभन जुन काम हाम्रो लागि आवश्यकिय भएर आएको छ । त्यो हिजो सम्भावनामा मात्र सिमित थियो । सम्भावनालाई जीवन्तता दिन मानिसले अनेकौं जुक्ती,प्रयास जारी गर्दछौं । र त्यसलाई उपयोगी बिषयबस्तुमा परीणत गर्दछौं । यसरी जीवनले अनेकौं पाटाहरु चिहाउँदा समयलाई अनेकौं रंगमा भेट्न सक्षम हुन पुगेकाछौं । फरकपन खोज्नुले फरक कुराहरु थाहा लाग्दछ । जिज्ञासा नै मानिसको लागि एउटा मार्ग हो । जव कुनै विषय माथि जिज्ञासा जाग्दछ तव त्यसलाई थाहा पाउँनको लागि पूर्वधार खोज्न पुगीन्छ । अर्थमुलक सोचले क्रिसा निश्चय नै मानिसको जीवनलाई उज्यालो प्रकासमा डोर्याउँछ । किनकी मानिसलाई उज्यालो मन पर्दछ । मानिसले मानिस कै लागि चुनौतिहरु पनि थपेकाछन् । हुन त चुनौति विना कुनै पनि कार्य अगाडी बढाउँनलाई त्यसको रौनकता आउँदैन । चुनौति वा जोखिमले नै मानिस सजग बन्दछ । यहाँ र यति सम्मका समयमा मानवका अनेकौ पाटाहरु पत्ता लगाएता पनि अझै अध्यायन,अनुसन्धान र खोजको क्षेत्र धेरै बाँकी रहेका छन् । नयाँ युग,समय परिस्थिती र अवस्थाले ती क्षेत्रहरुको तगारोलाई क्रिसा अव खोल्दै जानु पर्छ । किनकी तिमी समयको सम्वाहक हौ ।

No comments: