पत्रसाहित्य भाग - ७

प्रिय क्रिसा
वैचारीक पहाडको टाकुरीबाट न्यानो उषामय अभिवादन ।
उत्तरआधुनिक युगको सतहमा जीवनलाई आफ्नो आयतनबाट केहि नयाँ कामको लागि नढल्ने आस्था उभ्याईरहेका छौं । आस्थालाई बिश्वास र शाहसले लेपन गरेर मानवपयोगी वनाउँन अनेकौं जीवनहरुको लागि एउटा उदाहरण प्रस्तुत गर्नुछ । हरेक जीवनलाई वैचारीक चिन्तनको आभा आवश्यकता पर्दछ । यी आभाहरु मानिस मै विद्यमान छन् अथवा तपाई हामी मै । तर त्यसको पहिचान र उपयोग गर्न सकेका हुँदैनौ । त्यहि र त्यस्को लागि अनेकौ समय भोग्छौ,देख्छौ र कुल्चन्छौ । तै पनि त्यो समयको परीभाषा बुझेका हुँदैनौ । समयसंगै आफ्नै पहिचानमा दौडिएका हामी पहिचान भित्रै रुमल्लिरहेका हुन्छौ । किन हो कुन्नी थाहा छैन । बरु ती क्षणहरु,अवस्थाहरु,परिस्थितिहरु कुनै अर्को नामले पुकार्न खोज्छौ । नामसंग नाम जोडेर वा नामसंग काम जोडेर अथवा अन्य कुनै प्रकारले ती अवस्थाहरुलाई छाम्न खोज्छौ । तव थोरै सफल धेरै असफल प्रयासहरु खर्ची रहेका हुन्छौ । यसरी कहिले कहि कुनै अर्थले,उदेश्यले,लक्ष्यले जीवन बुढ्याई रहेका हुन्छौ । कतिले केहि अर्थ नै थाहा नपाई वा वेमतलव,वेपर्वाह जीवनलाई रीत्याईरहका हुन्छौ । तर हाम्रै परीवार,समाज,देश मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा कसैले आश्चार्य लाग्दो सफलताहरु हाँसील गरेको पनि देखि नै रहेका छौ । ती सबै सफलता मानिसले नै पाएका र उपभोग गरेका प्रसंगहरु हुन् । कहिले कहि कल्पना भन्दा वाहिरका अनौठा कल्पनाहरु जव मस्तिष्कमा रेखाङकीत हुन्छन् अनि विचारको रुपमा मन्थन भएर विशाल रुप ग्रहण गर्दछ । त्यो अथवा त्यस्तै नविन सोचले नै नयाँ आविष्कारको स्वरुप लिएको छ ।
क्रिसा यस मानेमा आज हामी हरेकलाई वैचारीक सोच र चिन्तनको आवश्यकता तड्कारो रुपले देखा परेको छ । विश्वका धेरै मानिसले वैचारीक चिन्तन गर्दछन् । र हामी हरेकले चिन्तन गर्नु पनि पर्दछ । किनकी आज यहि वैचारीक चिन्तनले मानिसहरु विश्व परीवेशमा सभ्य भएको उदाहरण देखि सकेका छौ । तर पनि हाम्रो परीवार,समाज,देशले वैचारीक चिन्तनको आवश्यकतालाई आवश्यक ठानेको छैन । वास्तवमा वैचारीक चिन्तन सभ्यताको मुल हो । जहाँबाट उम्रीएका अनेकौ विचारहरु ग्रहण गरेर मानिसहरुले परीवार,समाज,देश र बिश्वलाई उज्यालो र सुन्दर बनाएका छन् । त्यसो त विना चिन्तन पनि जीवन नचल्ने त होइन । तर एउटा वास्तविक जीवन पाएर जीवन जस्तै जीउँनको लागि वैचारीक चिन्तनमा चुर्लुम्म डुब्न जरुरी छ । आगो वल्छ र पोल्छ भन्ने सवैलाई थाहा छ तर आगोको पोलाई थाहा पाउँनको लागि आगो नछोई पक्कै थाहा हुँदैन । सत्यता भन्दा परमसत्यताको लागि आज अनेकौ विचारहरु,चिन्तनहरु,दर्शनहरु प्रतिपादन भएका छन्,हुँदैछन् र हुनेछन् । जीवन र जगत रहुन्जेल अनेकौ वैचारीक चिन्तनहरुको विकास भैरहन्छन् । नविनताको खोजी विचार र चिन्तनले गर्दछ । हो त्यसैले हामीलाई नयाँ विचार र चिन्तनको भोक लाग्दछ । विचारसंग विमर्श भएर जुन कुराको रुपरङग,परीभाषा निर्धारण हुन्छ । तव एउटा सफलताको मार्ग खोलिन्छ । अनि मात्र फराकिलो र अनन्त यात्रामा पाईला चल्नको लागि सजिलो हुन्छ ।
त्यसैले क्रिसा तिमीले पनि गहन वैचारीक चिन्तन लिन जरुरी छ । सन्दर्भले,विषयले,विचारले,चिन्तनले,आवश्यकताले,जिज्ञासाले केहि नयाँ काम गर्न आकर्षीत हुन्छौ । मानिस स्वभावैले कुनै नयाँ तथा पुराना कुराहरुको वास्तविकता पत्ता लगाउँन चाहन्छ । वैचारीक चिन्तनले मानिसमा असिमित जिज्ञासाहरु रोप्दछ । जिज्ञासा कै कारण ती विषयबस्तुहरुको अनेकौ गुण र दोषहरु अन्तिम रुपमा पत्ता लगाउँन खोज्दछ । तर त्यसको अन्तिम अर्थ,परीभाषा,रुपरङग अथवा त्यसले दिएका अन्य पहिचानहरु अन्तिम भई दिदैनन् । तर हामी हरहमेसा अन्तिम गन्तब्य र सत्यताको खोजीमा भौतारी रहेका हुन्छौ । अन्तिम हो कि होइन भन्ने द्विविधामै जीवनलाई अन्तिम क्षणमा पुर्याउँदछौ । हामी सम्पूर्ण चिजहरुको अन्तिम अवस्था वा स्वरुप देख्न,भेट्न,छाम्न चाहन्छौ । यो नै गहन वैचारीक चिन्तनले उब्जाएको अन्तिम सोच हो । जो एक समयबाट अर्को समयमा,एक युगबाट अर्को युगमा सर्दै जान्छ ,जानेछ ।
किनकी एक समयमा,युगमा नभएका चिन्तनहरु,विचारहरु,आविष्कारहरु,दर्शनहरु अर्को समयमा,युगमा पुरा भएका छन् । विचारले,चिन्तनले,आविष्कारले हिजो सफल नभएको आज सफल भएको छ । अव हामीले यहि सत्यता ग्रहण गर्न र थाहा पाउँन जरुरी छ जो कि विश्वमा अलौकिक कार्यहरु भैरहेका छन् । समय,परिस्थिति र जीवनलाई आफ्नो वसमा लिन खोज्नेलाई सधै वैचारीक चिन्तनले चिमोट्दछ । विना चिन्तन कुनै कुराको वास्तविकता पत्ता लगाउँन सकिँदैन । वैचारीक चिन्तन वौद्धिकताको मार्ग पनि हो । संसारमा भएका वा हुनुपर्ने कुराहरुको सुन्दर र सफल पक्ष जान्न ,बुझ्नको लागि वैचारीक चिन्तनले पर्दाभाष गरी दिन्छ । वास्तविकताले हामीलाई अत्यान्तै राम्रो मार्गमा डोर्याउँदछ । सुलभ मार्गमा यात्रा तय गर्दा पनि वैचारीक चिन्तनको अभावले क्रिसा हामी जोखिम यात्रामा पाईला टेकिरहेका हुन्छौ । जस्ले आजका विश्वका दुर्गतिहरु निम्तिएका छन् । यी जोखिमपूर्ण दुर्गतिहरुबाट छुट्कारा पाउँनको लागि तपाई हामी सवैले वैचारीक चिन्तनको आगो ताप्न सिक्नु पर्दछ ।

No comments: