पत्रसाहित्य भाग - ६

प्रिय क्रिसा
उत्तरआधुनिक समयको सार्इवर धरातलबाट सार्इवरीय अभिवादन ।
जुनवेला हामीले सुनेका मात्र थियौं । र पाठ्यक्रमहरुमा पनि सार्इवरका बिषयवस्तुहरु समावेश थिएनन् । पत्रपत्रिका मार्फत समाचारहरु र लेख,रचनाहरु पढेको मात्र याद आलो छ । पढी सकेर सोच्थे त्यो एउटा चमत्कार हो । किनकी हाम्रो मस्तिष्कले ती कुराहरु बिश्लेषण गर्न सकिरहेको थिएन । वैज्ञानिकहरुले भविष्यवाणी गरी सकेका थिए । उत्तरआधुनिक समयले सार्इवर युगलाई निम्त्याउँनेछ । र सार्इवरको सञ्जालले बिश्व एउटा सानो गाउँमा परीणत हुनेछ । अनि समाचार,भिडियो कुराकानी,तस्विर मात्र नभएर कम्प्युटरसंग सम्वन्धित सम्पूर्ण सामग्रीहरु (सफ्टवेयर सम्वन्धि)आदान प्रदानको लागि एकै ठाउँ बसेर बिश्वभर गर्न सकिने छ । यी भनाईहरु पढ्दा वा सुन्दा म गाउँमा हलो,कोदालो,गोठालो गर्दै थिए । क्रिसा तिमी पनि सायद गाउँघर कै परिवेशमा घास,दाउरा,मेलापात गर्दै वनजंगलमा हराएकी थियौ होला । तर अचानक नाटकको दृश्य परिवर्तन भए झैं हामीले भोग्दै,देख्दै आएको समयले दृश्य बदली दिएको छ ।
जस्ले गर्दा भाषाहरु,बिचारहरु,सोचाईहरु,चाहनाहरु अथवा मानिससंग गासीएका यावत कुराहरु बेग्लिएर आएकाछन् । चौतारोमा बसेर जीन्दगी लामा कथा भन्ने समयहरु एकाएक छोटीएर गएकाछन् । त्यहि समयको पदचाप बढेर गतिशील भएको छ । समय जो हिजो अर्कै तरीकाले वहन्थ्यो आज त्यस्ले वेग्लै यात्रा,गन्तब्य,लक्ष्य,उदेश्य तय गरेको छ । जुन परिस्थिति,अवस्था र समय भोग्दा ती सबै त्यो वेला जटिल नै थिए । तर आज आएर त्यो विगतका समयतिर फर्केर हेर्दा अहिलेको उत्तरआधुनिक समयको जटिलता भन्दा ती क्षणहरु सजिला थिए जस्ता लाग्छन् । नयाँ सार्इवर युगले,समयले,परिस्थितिले,अवस्थाले ल्याएको यो वरदान हामी मानवको लागि अति उपयोगी मात्र होइन जीवनै नचल्ने अभिन्न अङग जस्तै भैसकेको छ । हिजोको समयमा पढ्दा र सुन्दा दन्त्य कथा जस्तो लाग्ने आज आफैले हरेक दिन,हरेक क्षण उपभोग,उपभोग गर्न पाउँदा सामान्य भएर गएका छन् । अध्यायन,अनुसन्धान,खोज,आविष्कारले मानव मस्तिष्कको विकासलाई सैयौ गुणा अगाडी बढाएको छ ।
आज तिमीले पनि सार्इवर सञ्जालको उपभोग गरेर परोक्ष सत्यताको अनुभूति लिईरहेको छौ होला । यी अचम्म लाग्दा बिकासहरु द्रुततर गतिले ती हाम्रा पूर्वजहरुलाई नछोए पनि उनीहरुको सपना र कल्पना भने पक्कै हो । हाम्रो समयमा,युगमा ती सबै पुरा भएर आउँदा पूर्खाहरुको गुरु योजना,सपना र कल्पनाको सम्वोधन भएको छ । त्यसैले त क्रिसा तिमी अहिले गतिमान छौ । सार्इवर सञ्जालको सहयोगले र्इब्यापार,र्इसमाज,र्इपत्रकारीता, र्इबैठक,र्इप्रेम,र्इअध्यायन मात्र नभएर अनेकौ समूहमा आवद्ध भएर रम्ने अवसर पाएको छौ । हरेक सेकेण्ड विश्वलाई सानो गाउँको रुपमा चाहारी रहेको छौ । बिसौं बर्ष अगाडी विछोडीएका आफन्तहरुसंग पुन भेट्ने अवसर पाईरहेको छौ । उपभोगीय बस्तुहरु मात्र नभएर दैनिक जीवन सञ्चालनको लागि सार्इवर आवश्यकता बनेर आएको छ । जो हिजो हामी कल्पना मात्र गर्दथ्यौ त्यस्तो माध्यम आए कस्तो होला भनेर । तर आज कम्प्यूटरको किवोर्ड र माउस चलाएर स्क्रिनमा विश्वलाई क्षणभर मै घुम्दछौ,हेर्दछौ देख्दछौ । र आजको सार्इवर सञ्जालमा परोक्ष यथार्थ भोग्ने र्साईवर डिक्स मेन जस्तै भएकाछौ क्रिसा । सार्इवरको उपयोग र उपभोगले मानिसहरु क्षणभर मै कोही सडकबाट धनाढ्य बनेकाछन् । कति धनाढ्यहरु आफ्नो सम्पूर्ण गुमाएर सडकमा पनि पुगेकाछन् । अशिक्षितहरुलाई शिक्षाको बाटोमा डोर्याएको छ । मानिसको लागि चाहिने र देख्नु,जान्नु,सिक्नु पर्ने सारा विषयवस्तुहरु यसले बोकेर ल्याईदिएको छ । हुन त नकरात्मक पक्षहरु पनि अवश्य नभएको होइन । अहिले सार्इवर क्राईम सार्इवर सञ्जालको लागि निक्कै ठुलो समस्याको रुपमा आएको छ । त्यसको लागि समाधानका विभिन्न पक्षहरु केलाउँन विज्ञहरु लागि परेकाछन् । साथै अर्को डर लाग्दो पक्ष भने सार्इवर लडाई हो । यो क्रम पनि विश्वमा नचलेको अवश्य होइन । यी नकरात्मक पक्षहरुलाई सकरात्मक पक्षले विस्तारै कुल्चदै लैजान्छ । आजका वैज्ञानिकहरुले मानव मस्तिष्कमा माईक्रोचिप्स रोपण गरेर दिमागलाई कम्प्यूटर भन्दा तेजिलो र गतिमान रुपले चल्ने बनाउँन तम्सिरहेकाछन् । जसलाई सार्इवर्ग भन्ने गरीन्छ । विश्वमा सार्इवर माध्यमबाट क्षणभर मै सूचना आदान प्रदान गरेर तहल्का मच्चाएका छन् । सार्इवर र कम्प्यूटरले स्थापना गरेका अनेकौ काल्पानिक पात्रहरु सिर्जना गरेर मानिसलाई भर्चुअल रीअलिटी प्रस्तुत गरीदिएका छन् । अहिले सार्इवर मोडेल र हिरो मात्र नभएर अनेकौ त्यस्ता प्रख्यात पात्रहरुलार्इ ल्याई दिएकाछन् । हामी आजभोलि त्यहि कुराहरुमा विश्वास गर्दछौ । त्यहि पात्रहरु हेरेर मनोरञ्जन लिने गर्दछौ । विश्वास गर्न र चर्चा गर्न योग्य अनेकौ आधारहरु देखिन्छन्,भेटिन्छन् । क्रिसा तिमीले हिजोको विश्व र आजको विश्वमा देखिएका फरकहरु सायद विश्लेषण गरी नै रहेको छौ होला । किनकी फरक समयले ल्याई दिएका नयाँ परीवर्तनहरु समयको रफ्तार भन्दा अगाडी बढ्न खोज्ने युगसंग हामीले सम्झौता गर्न सकेनौ भने यो युगमा पाईला टेकेर बाँच्नु ब्यर्थ हुनेछ । सार्इवर संसारको,सञ्जालको एक अभिन्न पात्र भैसकेको छौ हामी सवै भैसकेका छौ। यसको उपयोग र उपभोगले जीवनचर्यालाई यतै समाहित गरेको पनि हुन सक्छौ । किनकी यो सार्इवर युग, सार्इवर समय, सार्इवर जीवन, सार्इवर सञ्जालको उचित प्रयोग गरे वरदान नै सावित हुन्छ भै रहेको पनि छ । सार्इवर भिलेजको कुनै घरको कोठामा वसेर अहिले कम्प्यूटरसंग जोडिएर विश्वको कुनै भागबाट नेपालको दुर्गम गाउँमा तिम्रा आफन्तासंग सोझै सम्पर्कमा रहेको छौ होला क्रिसा ।

No comments: