Saturday, March 01, 2008

गजल

भूपेन्द्र महत "वाका"

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई

सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई

boulder co.usa

0 comments: