यात्री जीवन


रत्न बहादुर घर्ती मगर

जिन्दगीको यात्रामा घुम्दा घुम्दै
धेरै घुम्तीहरु घुमिएछ
घुमाउरा घुम्तीहरुमा रम्दा रम्दै
अन्जान मै धेरैसग झुमिएछ ।
यात्राको थकाईमा अराम गर्न कतै
चौतारी अनि विसउनी मिलेछ
ती ठाउँलाई वाढी पहिरोले बगाउदा
घायल मुटु झनै जलेछ ।
जिन्दगी नै यात्रा भनि धेरैले
परिभाषित गरे पछि
नदी होइन स-साना खोला पनि
यात्रामा नतरे पछि
यात्राको अर्थ नै के रह्यो र कतै
निश्चित विन्दु नै नरहे पछि
काँढा र पातको के महत्व हुन्छ
फूल सबै ओइलेर झरे पछि
मलम् लगाउन किन प-यो
हृदय छिया छिया भई चिरिए पछि ।
जीवन फुल्छ नै भन्ने अब
के भरोसा रह्यो र ?
पाईलै पिच्छे ठेस लाग्ने यात्रा
सफल होला भन्ने आश नै के रह्यो र ?
तै पनि अल्मलिएर जीवन अझै
यात्रा गरिराछ
भौतारिएको बटुवा झै निरन्तर
गइराछ , गइराछ ।

यु . के.

1 comment:

Ratna said...

it was my experiance of the tour where i been on tour of life,,
and it is what i felt...
ratna