तिमी


इश्वर चाम्लिङ्ग

फूल बन्नु तिमी
जुन बन्नु तिमी
अन्ध्यारोमा ज्योति छर्दै
जुनीजुनी सयौ जुनी हासी राख्नु तिमी

सागरमा नि तैरी तैरी पुग्नु संसार तिमी
बादलसँगै उडी उडी देख्नु संसार तिमी
छाल बन्नु तिमी
मुल बन्नु तिमी
खहरेमा सुसाउदै
जुनीजुनी सयौ जुनी बगिराख्नु तिमी

हिमाल झै अग्लि अग्लि आकाश छुनु तिमी
आकाशमा उड्दै उड्दै तारा टिप्नु तिमी
कान्ति बन्नु तिमी
चमक बन्नु तिमी
संसार भरी चमचम गर्दै
जुनीजुनी सयौ जुनी चम्किराख्नु तिमी
इश्वर चाम्लिङ्ग

बेलायत
-छोरी स्पन्दनलाई शब्द समर्पण

No comments: