जोतारे धाइबा
हावा चलेको साझ
तिमीभरि उडिरहे ।
कहिले टाढाटाढै
तिम्रो छोटो इशाराले
नजिकिए
कहिले छेउकै आमनेसामनेमा
लामो सम्बोधनले
बहकिए ।
आखामा अनन्त वेदना झैं
गासिएथे चपक्क ती युगल हात
एकैछिन त रहेछ
तर न्यानो ।
सहरका नागबेली सपनाहरूमा
घुमिरहृयो
दिमागको असिनपसिन पयर
हिउ त रहेछ
तर यात्रा ।
यति गर्मी छ यति
तिमीले दिएको
मेरो गलाभरिको मुलायम मफलर
छ्याप्पै भिजेको छ ।
अब त
बसिसक्नु कहा छ र
तिम्रो सतहबाट
दूर-दूरको विरही लयमा
वाफ भएर उड्दै छु ।
उदयपुर ।
फागुन १२ आइतबार २०६४, नक्साल)
No comments:
Post a Comment