गाउको याद


जोतारे धाइबा

कहिले त छेउ लागेर जानू नि
याद तर
आखालाई नै 'फिसिङ जोन' सम्झीएर
बल्छी थाप्न आइपुग्छ
छप्ल्याङ्छुप्लुङ्
छप्ल्याङ्छुप्लुङ्

त्यही वहाबमा हेलिएर आउ"छ
सिमलको रुख छोड्ने उमेरको गिद्घ झैं
टक्रक्क उभिएको
डाडामाथिको स्कुल
र मास्टरको पाठभन्दा
नवजात नानीहरूको कोकोहोलो रटिरहेका
प्रौढ कक्षाका आमाहरूको अबोध झुन्ड

कति-कति चोलाहरू
पुख्र्यौली पथमा भाग्दाभाग्दै
दुःखैदुःखको निस्सासिदो धाजामा
भासिएर अस्ताए,
राशिफलमा आफ्नो
तन्नेरी शुभ शकुन नियाल्ने
कान्छा भाग्यवादीहरू
नया देशको चिट्ठामा
आफैं काटिएर हराए ।

गाउमा तृप्त सास छैन
छाना नउडाउने गरी तौलिएर बहने
बतास पनि छैन
सबै भागिरहेछन् चारैतिर
गाउ तर आफ्नै टापुमा निचोरिएर
भाग्नेहरूकै यादमा बाचिरहेछ ।

उदयपुर
माघ २८ सोमबार श्रीपञ्चमी २०६४, नक्साल)

No comments: