खोपडी र बाटाहरु


परिहास

यिनै खोपडीहरुले खन्छन्
मान्छेका बुझाईका हरेक बाटाहरु

नआत्तिनु, नडराउनु रे
समस्या संग । -को समाधानले
अर्को समस्या निम्त्याउँछ
के समाधान भन्नु ?
कि त बद्लीनु पर्छ समाधानको अर्थ शब्दकोषमा अब ।

कुरा उल्टै मात्र
पानी चाहिं पो बग्छ त
खोलै खोला
माथी-नेर ढुङ्गा पल्टाउँदा
पखेरा खोई त लडेको ?

के बिश्वास गर्नु के नगर्नु
के पत्याउनु के नपत्याउनु

हरेक समस्याको समाधान हुन्छ - सर्बमान्य
खोला बग्छ - सर्बसत्य

पहिले पृथ्बी चेप्टो थियो - पत्याए
अहिले गोलो छ - हामी गुडाइरहेछौं
अब को आकार कस्तो ?
कि त
पृथ्बी - बिज्ञानमा पढेको अमिवा

अबको अर्को बिश्वयुद्धपछि मान्छेहरु
बचेभने - बाँचेकाहरुले
आफैंले फ्याँकेका बिकारका बस्तु शुद्धिकरण पश्चात
बेशी वा धेरै बुद्धिले 'गु' ख्वाउँछ - उक्तिको दिन् भेट्ने छन्
वा ब्यावहारमा लागु ।।

No comments: