Saturday, May 31, 2008

गजल


भुपेन्द्र महत

नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ
बैशको माद पिएर एकचोटि झुम्न देउ

स्वोर्गै भएनी चाहिएन अबलाई भइगो
तेही नै नयनको परिधि भित्र घुम्न देउ

नजरको बाण चले देखी घाइते भाको'छु
धपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ

कामदेवको ताती लग्लान तिमीलाई खिच्न
सुरक्षाको लागि लौ पहरे भई रुग्न देउ

दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने
पट्रोल पठाउने छु दिल सम्म पुग्न देउ

कोलोराडो ,अमेरिका

0 comments: