गजल


बसन्त मोहन अधिकारी

फुल्दै होलान् फूलहरु गाँउघरमा अझै पनि
बाँच्दै होलान् कयौं फूल मेरो भरमा अझै पनि

दशैं आयो तिहार आयो शान्ति भने आई छैन
प्रदेशमा बस्नु पर्यो करै करमा अझै पनि

प्रेम र विश्वास मर्दा गाँउघरमा रुवाँवासी
बाँच्नु पर्यो म नेपाली मर मरमा अझै पनी

हत्याहिंसा बलत्कार यो भ्रष्टचार पेवा हुँदा
शान्ति, प्रेम, विश्वास ढले बगरमा अझै पनि

गाँउघरमा रहि रह्यो चिसो चुल्हो नाङ्गो आङ्ग
यो दशैंमा म रुँदा हाँस्छन् शहरमा अझै पनि

यूर्एइ चितवन

No comments: