गजल


इप्सुल मगर

रानी वनमा कोईली गाउँदा मूनाल नाच्यो अरे
जोडी ढुकुर परेवा झैं मायाँ गास्यो अरे

सुनगाभाले गुराँससँग सिन्दुरको पैँचो माग्दा
गुलाव फूल पनि आज काँढासँगै हास्यो अरे

समय सँगै परिवर्तन हुनुपर्ने रितु देख्दा आज
पतझरमा न्याउली रुँदा पानी वस्र्यो अरे

उषा र सान्ध्या भेट कहिल्यै पनि नहुँदा
ग्रहणमा चन्द्र र सूर्यले आँशु झार्यो अरे

साँच्ची नै शीतलताको प्रतीक जुनेली रातले पनि
मानवतामा स्वार्थीपन देख्दा औंसीमा आँखा छोप्यो अरे

No comments: