गजल


आचार्य प्रभा

नखाएको बिषले पनि मार्दो रैछ यहाँ
षड्यन्त्रको जालमा पनि पार्दो रैछ यहाँ।

जिन्दगीलाई जितै जितमा राख्छु भन्नेले
जानी जानी बाजी पनि हार्दो रैछ यहाँ ।

मनलाई कठोर बनाइ बाँच्न खोजे पनि
एकान्तमा आसुँ पनि झार्दो रैछ यहाँ ।

तिम्रै समीप सधैं नै बाँच्छु भन्नेहरुले
चालै नपाई मनको माया सार्दो रैछ यहाँ ।

साँचो कुरा,सत्य बचन बोल्ने बहानामा
मनको कुरा खोल्न पनि टार्दो रैछ यहाँ ।

(अमेरिका )

No comments: